दाङमा बस दुर्घटनामा एक जना शिशुको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । ९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका ल