काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलवार बुटवलमा ‘एक दिवसीय अभिकर्ता प्रशिक्षण’ सम्पन्न गरेको छ । भारतको मुम्बईबाट आएका जीवन बीमाविज्ञ विजयकुमार झाले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा ३३० जना अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता थियो । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव विनोद भुजेल, एजेन्सी सर्भिसिङ विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरू स्मृतिराज कँडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपकराज भट्टलगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीको उपस्थिति थियो । भर्चुअल माध्यमबाट जोडिएका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभिकर्ताको क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारमा आवश्यक शीपलाई निखार्न प्रशिक्षण महत्त्वपूर्ण हुने बताएका थिए ।