बुटवलमा कराँतेको कबर्डहल निर्माण

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले खेलकुदको विकास, सम्वर्द्धनका लागि भन्दै कराँते एकेडेमीका लागि कबर्ड हल सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन बिहीबार उपमहानगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् । उनले अब बुटवलमा कराँतेका विभिन्न इभेन्ट्सका प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्ने बताए ।उनले नगर खेलकुद विकास समिति गठन गर्नुका साथै त्यसमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै खेलकुदको पूर्वाधार विकासमा ध्य

सम्बन्धित सामग्री

बुटवलमा ३० करोडकाे बहुतले पार्किङ भवन बन्ने

बुटवलमा बहुतले पार्किङ भवन निर्माण गर्न सम्झौता भएको छ । बढ्दो सवारी चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता भएको हो । पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे । पार्किङ भवन निर्माण योजनाका […]

बुटवलमा दुई हजारजना क्षमताको सम्मेलन केन्द्र निर्माण

सरकारले लुम्बिनी प्रदेशको बुटवलमा दुई हजारजना क्षमताका साना ठूला हलसहित अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गरेको छ ।सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका छन् । सहरी विकासमन्त्री मेटमणि चौधरीले उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री देउवा आफैले सम्मेलन केन्द्रको उद्घाटनमा चासो राखेका थिए । सम्मेलन केन्द्रका लागि प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरबाट […]

एक अर्ब लागतमा यस्तो बन्यो बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

बुटवलः बुटवलमा १ अर्ब लागतमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। २०७१ साल माघ १५ गते निर्माण सम्झौता भएको सम्मेलन केन्द्र सम्झौताको ८ वर्षपछि निर्माण सम्पन्न भएको हो। बुटवल उपमहानगरपालिका ८ रामनगरस्थित बुटवल मण्डपमा बनेको सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आयोजना प्रमुख धमेन्द्र…

बुटवलमा मजदुर नेता जेबी पुनको स्मृतिमा पार्क निर्माण

श्रमिकमा हकअधिकारको चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एक जना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिक सहितको पार्क निर्माण भएको छ । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै पहिलो हो ।  बुवासँगै बागलुङबाट बुटवल आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रूपमा काम गरेका मजदुर अगुवा जीतबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो ।  राजमार्ग छेउमै उपमहानगर मातहत रहेको करीब २ बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति...

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण भएको छ । बाबुसँगै बागलुङबाट बुटवलमा आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रूपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो । पूर्व पश्चिम राजमार्ग छेउमै उपमहानगर मातहत रहेको करिब दुई बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको छ ।  दुई खण्डमा निर्माण र विस्तार भइरहेको उक्त पार्क र परिसरमा निर्माण गरिएको पुनको अर्ध कदको सालिक

करिडोर निर्माण रोक्न माग गर्दै बुटवलमा प्रदर्शन

बुटवलको महत्त्वपूर्ण परियोजना तिनाउ र दानव करिडोर निर्माणको काम रोक्न माग गर्दै प्रभावित क्षेत्रमा बासिन्दालाई बुटवलमा प्रदर्शन गरेका छन् ।  उनीहरू आफूहरूलाई क्षतिपूर्तिसहित सही व्यवस्थापन नहुँदासम्म आयोजनाको काम अगाडि बढाउन नदिने बताउँदै निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।  दानव नदी करिडोर क्षेत्रका विभिन्न टोलका स्थानीयले आइतवार बुटवल नगर परिक्रमा गर्दै उपमहानगरको गेट अगाडि धर्ना दिएका छन् । उनीहरूले ‘करिडोर चाहिँदैन, सुकुम्वासी मास्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । बुटवल उपमहानगरको महत्त्व...

शाओमीको आधिकारिक स्टोर बुटवलमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रुपन्देहीको बुटवलमा आधिकारिक स्टोरको सुरुवात गरेको छ । बुटवलको वीपी चोक ६ मा अवस्थित मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्राण्डको छिटो प्रगति पुनः सुरु गर्ने बताइएको छ । यस ब्राण्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नका लागि अधिक […]

बुटवलमा तयार हुँदै पहिलो ढुवानीग्राम

रूपन्देहीको बुटवलमा पहिलो र नमुना ढुवानी ग्राम धमाधम निर्माण भइरहेको छ । बुटवल उपमहानगरपालिकाले निजी क्षेत्र संगको सहकार्यमा  नमुना आयोजनाका रुपमा हेवी लोडका सवारीसाधनलाई व्यवस्थित गर्न ढुवानी ग्राम बनाएको हो ।  मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानी ग्राम निर्माण गरिएको र निर्माणकार्य लगभग अन्तिम चरणमा पुगेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।  बुटवल उपमहानगरपालिकाकाको स्वामित्वमा रहेको वडा नं.१२ ढ...