शुक्रबार देउवा, प्रचण्ड र नेपालले बुटवलमा प्रशिक्षण दिने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार रुपन्देहीको बुटवल आउने भएका छन् ।पाँच दलीय गठबन्धनका अगुवा नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिन शीर्ष नेताहरु बुटवल आउन लागेको माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले जानकारी दिए । जिसीका अनुसार बुटवलको योगिकुटीस्थित एक होटलमा दिउँसो २ बजे प्रशिक्षण कार्यक्रम शुरु हुनेछ । लुम्बिनी प्रदेशस्तरीय प्रशिक