पर्यटन बोर्डले ५ हजारलाई रोजगारी दिने

काठमाडौं । कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋणलगायत सुविधा प्रदान गरिनाका साथै अन्तरराष्ट्रिय संस्थाको साझेदारीमा अल्पकालीन र दीर्घकालीन परियोजना पनि सञ्चालन भइरहेका छन् । यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्नेगरी रोजगारी अभिवृद्धि कार्यक्रम अघि बढाइएको छ । यसै सन्दर्भमा नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा झण्डै पाँच हजारलाई रोजगारी दिन शुरु गरेको छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनामार्फत पर्यटन क्षेत्रका मजदुरलाई रोजगारीको अवसर सिर्जना गरिएको हो । कोभिड महामारीका कारण रोजगारी तथा आम्दानी गुमाएकालाई केहीमात्रामा भए पनि रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गरी पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित जनशक्तिलाई रोजगारी दिन शुरु गरिएको परियोजनाका राष्ट्रिय संयोजक मणि लामिछानेले बताए । रासस  

सम्बन्धित सामग्री

उपत्यकामा १५ किमीको साहसिक साइकल ट्रेल बन्यो

काठमाडौं । काठमाडौं उपत्यकामै साहसिक साइकल ट्रेल निर्माण भएको छ । नेपाल पर्यटन बोर्डले विभिन्न दातृ निकायहरुको सहयोगमा १५ किलोमिटर (किमी)को किर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल बिहिवारदेखि सञ्चालनमा ल्याएको हो । बोर्डले संयुक्त राष्ट्रसघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्र्तगत किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा साहसिक साइकल ट्रेल निर्माण भएको हो । किर्तिपुर नगरपालिका ४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा निर्माण गरिएको उक्त टे«ल बोसनडाँडादेखि चन्द्रागिरी केवलकारको वेस स्टेशनसम्म रहेको छ । उक्त साइकल ट्रेलको पूर्वमन्त्री तथा सांसद राजन कुमार केसीले बिहीवार उद्घाटन गरेका छन् । सो अवसरमा केसीले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको समयमा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माणलाई थप टेवा दिएकोे बताए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव न्युनिकरण गर्न र पर्यटन पुनरुत्थानका लागि बोर्डले  निरन्तर पहल गरिहको बताए । यो परियोजनाबाट बनेका संरचनाहरुको दीगो व्यवस्थापन र सञ्चालनका लागि स्थानीय तह अघि सक्रिय रहनुपर्नेमा उनले जोड दिए । चन्द्रागिरी नगरपािलकाका नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले पर्यटकीय पूर्वाधार विकास तथा धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनमा जोड दिएको बताए । सो अवसरमा किर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश मर्हजनले अहिले भइरहेका गतिविधिले पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे । यो परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर र युएनडिपीका तर्फबाट १० लाख ५० हजार गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । पर्यटन क्षेत्रका करिब ६ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्‍याउने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य लिएको छ ।

महिला श्रमिकलाई अल्पकालीन रोजगारी दिँदै पर्यटन बोर्ड

काठमाडौं :  नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगारी दिने भएको छ।विश्वभर फैलिएको कोरोना संक्रमणका कारण रोजगारी गुमाएका महिलालाई  कम्तिमा १० दिनको रोजगारी दिने नेपाल पर्यटन बोर्डले जनाएको छ। आगामी मंसिर १-२९ गतेसम्म दिइने रोजगारीका लागि यही कात्तिक ३० सम्म दरखास्त दिने समय तोकिएको छ।सय जनालाई प्रदान गरिने रोजगार कार्यक्रममा श्रमिकले प्रत्येक दिन एक हजार रूपैयाँ ज्याला पाउने बोर्डले जनाएको छ।बोर्डले संयुक्त राष्ट्रसंघीय  विकास का

पर्यटन बोर्डले महिला श्रमिकलाई अल्पकालीन रोजगारी दिने

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला...

पर्यटन क्षेत्रका १ हजार मजदूरलाई अल्पकालीन रोजगारी दिने तयारी

काठमाडौं । नेपाल पर्यटन बोर्डको पहल र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)सँगको सहकार्यमा १ हजार जनालाई अल्पकालीन रोजगारी दिइने भएको छ । बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत पर्यटन क्षेत्रका मजदूरलाई रोजगारी दिन लागेको हो । बोर्ड र टानबीच परियोजना कार्यान्वयनका लागि काठमाडौंमा एक कार्यक्रमबीच सम्झौता भएको छ । सम्झौता अनुसार करीब १ हजारभन्दा बढी पर्यटन श्रमिकले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडका कारण पर्यटन क्षेत्रका श्रमिक बेरोजगार भएको अवस्थामा यो कार्यक्रमले थोरै भए पनि श्रमिकलाई राहत दिने बताए । बाह्य पर्यटनको सम्भावनालाई कायम राख्दै आन्तरिक पर्यटन जोड दिनुपर्ने अवस्था आएको उनको भनाइ छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले यूएनडीपीको सहयोगमा सञ्चालित यो परियोजनाले कोभिडबाट सृजित बेरोजगारीको समस्या थोरै भए पनि समाधान गर्न मद्दत मिल्ने बताए । पर्यटन व्यवसाय बचाइराख्न र यस क्षेत्रका श्रमिकलाई टिकाउन पनि यो सानो प्रयासले ठूलो रोजगारी नभए पनि केही राहत दिने विश्वास उनले व्यक्त गरे । पर्यटन बोर्डले यो कार्यक्रमका माध्यमबाट करीब ७० हजार म्याण्डेज (प्रतिदिनको काम) देखि १ लाख म्याण्डेजको काम दिने लक्ष्य लिएको छ । यस्ता अन्य कार्यक्रम ल्याउने र पर्यटन श्रमिकलाई राहत दिने सोचमा बोर्ड रहेको छ । टानका अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको समग्र पर्यटनमा टे«किङ क्षेत्रको महŒवपूर्ण भूमिका रहेको उल्लेख गर्दै अहिलेको संकटमा त्यो क्षेत्रको श्रमिकलाई बचाइराख्न सकेमा मात्र भोलिका दिनमा काम गर्न सजिलो हुने धारणा राखे । बोर्डसँग संस्थागत सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाइने उनले बताए । रासस

पर्यटन बोर्ड र टानको सहकार्य : १ हजार जनालाई रोजगारी दिने तयारी

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले एक हजार जनालाई रोजगारी दिन सहकार्य गर्ने भएका छन् । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि टानसँग सहकार्य गर्ने भएको हो ।पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरुत्थान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभ

पर्यटन क्षेत्रका मजदुरलाई अस्थायी रोजगारी दिने सरकारकाे तयारी

काठमाडौं :  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण रोजगारी गुमाएका पर्यटन मजदुरलाई सरकारले रोजगारी उपलब्ध गराउने भएको छ।पर्यटन क्षेत्र लकडाउनले सबैभन्दा प्रभावित भएकाले मजदुरलाई अस्थायी रोजगारी उपलब्ध गराउन लागेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बाेर्डले रोजगारी गुमाएका मजदुरका लागि परियोजना संचालन गरेर रोजगारी उपलब्ध गराउन लागेको जनाएकाे छ।पर्यटन क्षेत्रलाई मुख्य पेशा बनाएका करिब ५ हजार मजदुरलाई अस्थायी रोजगारी उपलब्ध गराउन लागेको पर्यटन बोर्डका सुचना अधिकारी मण

उच्च शिक्षा सुधार्न विश्व बैंकले दियो ७ अर्ब सहुलियत ऋण

काठमाडौं । कोरोना महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरू गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरू गरेको हो ।       २ वर्ष ६ महीना अवधिको परियोजनाका लागि बोर्डले १० लाख डलर र यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कुल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिने बताइएको छ । विशेषगरी पर्यटन क्षेत्रका करीब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सृजना गरी राहत पु¥याइने परियोजनाको लक्ष्य रहेको बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय संयोजक मणिराज लामिछानेले जानकारी दिए । उनका अनुसार बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप २ हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य लिएको छ ।     परियोजना र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच बुधवार सम्झौता भएको छ । सम्झौताअनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५०० भन्दा बढी पर्यटन मजदूरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्नेछ ।   सम्झौता हस्ताक्षरपछि बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिड महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदूरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले उनीहरूका लागि छोटो अवधिको भए पनि रोजगारीको अवसर सृजना गर्नेे बताए ।    यस्तै नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले कोभिड महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस पयिरयोजनाले पर्यटन मजदूरका लागि राहत प्रदान गर्ने बताए । क्रमशः अन्य संस्थासँग पनि सम्झौता गरेर परियोजनाको कामलाई प्रभावकारी बनाइने परियोजना संयोजक लामिछानेले बताए । परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (¥याफ्टिङ) गरिने नदी, ट्रेकिङ ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदूरलाई अल्पकालीन रोजगारी दिने, पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अति प्रभावित १ हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, संकेत चिह्नको स्थापना तथा मर्मत सम्भारलगायत कार्यमा संलग्न गराई ४० दिन बराबरको रोजगारी प्रदान गरिने संयोजक लामिछानेले जानकारी दिए । यसअघि परियोजना अन्तर्गत बोर्ड र नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)बीच ¥याफ्टिङ क्षेत्रका २०० मजदूरलाई प्रतिव्यक्ति कम्तीमा १२ दिनको रोजगारी दिने सम्झौता भएको थियो । सम्झौताअनुरूप नाराले आफ्नो मातहतका २०० जना मजदूरलाई त्रिशूली, भोटेकोशी, कर्णाली, सेती र कालीगण्डकी नदीमा जलयात्रा गरिने क्षेत्रमा पूर्वाधार मर्मतसम्भार, सरसफाइलगायत काममा लगाउने नाराका अध्यक्ष गंगाप्रसाद नेपालले जानकारी दिए । यसैगरी काठमाडौंको कीर्तिपुर, भक्तपुरको चाँगुनारायण, मकवानपरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखलढुंगाका एक–एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरीे पर्यटन परियोजना शुरू गरिएको जानकारी दिइएको छ । आउँदा दिनमा क्रमशः अन्य स्थानीय तह तथा संघसंस्थासँग सम्झौता गर्दै काम अगाडि बढाइने परियोजनाले बताएको छ ।

पर्यटन बोर्डले ५ हजारलाई रोजगारी दिने

काठमाडौं । कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋणलगायत सुविधा प्रदान गरिनाका साथै अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा अल्पकालीन र दीर्घकालीन परियोजना पनि सञ्चालन भइरहेका छन् । यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदुरलाई राहत पुग्नेगरी रोजगारी अभिवृद्धि कार्यक्रम अघि बढाइएको […] The post पर्यटन बोर्डले ५ हजारलाई रोजगारी दिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पर्यटन मजदुरलाई रोजगारी दिने काम सुरु, तर मजदुर संगठनकै विरोध

पर्यटन क्षेत्रबाट प्रभावित क्षेत्रका गाउँपालिकामा पर्यटन मजदुरलाई नेपाल पर्यटन बोर्डले रोजगारी दिने भएको छ ।