काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण रोजगारी गुमाएका पर्यटन मजदुरलाई सरकारले रोजगारी उपलब्ध गराउने भएको छ।पर्यटन क्षेत्र लकडाउनले सबैभन्दा प्रभावित भएकाले मजदुरलाई अस्थायी रोजगारी उपलब्ध गराउन लागेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बाेर्डले रोजगारी गुमाएका मजदुरका लागि परियोजना संचालन गरेर रोजगारी उपलब्ध गराउन लागेको जनाएकाे छ।पर्यटन क्षेत्रलाई मुख्य पेशा बनाएका करिब ५ हजार मजदुरलाई अस्थायी रोजगारी उपलब्ध गराउन लागेको पर्यटन बोर्डका सुचना अधिकारी मण