पर्यटन मजदुरलाई रोजगारी दिने काम सुरु, तर मजदुर संगठनकै विरोध

पर्यटन क्षेत्रबाट प्रभावित क्षेत्रका गाउँपालिकामा पर्यटन मजदुरलाई नेपाल पर्यटन बोर्डले रोजगारी दिने भएको छ ।

सम्बन्धित सामग्री

मजदुरको पारिश्रमिक वृद्धिपछि अघि बढ्यो सुनकोसी मरिण डाइभर्सनको काम

मजदुरहरुको पारिश्रमिक वृद्धिपछि सुनकोसी–मरिण डाइभर्सनको काम अघि बढेको छ ।  सरकारी जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक पाउनुपर्ने लगायतका माग राख्दै एक सातादेखि सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काार्यरत मजदुर आन्दोलित  थिए । ठेकेदार कम्पनीले मजदुरको न्यूनतम पारिश्रमिक दैनिक ३० रुपैयाँ बढाएपछि आन्दोलन स्थगित भएर आइतबारबाट काम सुरु भएको हो ।

दिगो पर्यटन परियोजना : एकदिनमै ३ सय भन्दा बढी मजदुर आवद्ध

काठमाडौँ– पर्यटन क्षेत्रमा आवद्ध रहेका र रोजगारी गुमाएका मजदुरको जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना आइतवार सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको उक्त परियोजना अन्तर्गत आइतबारबाट काठमाडौँका विभिन्न स्थानकमा एकैसाथ काम सुरु भएको हो । परियोजनाले टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा […]

सप्तकोशी नदीमा कटान सुरु, प्राविधिक सहितको टोली मर्मतमा

सप्तकोशी नदीको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र मधुवन क्षेत्रमा पानीको बहाब कम भएसँगै कटान सुरु गरेको छ । पूर्व तटबन्धको राजाबास क्षेत्रमा केही बढी कटान भएकाले त्यस स्थानका स्पर र किनार क्षेत्रमा मर्मत सम्भार सुरु गरिएको छ । नेपाल कै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीमा सनिबार पानीको बहाव यो वर्षकै उच्च मापन गरिएकोमा आइतबार विहानैदेखि कम हुँदै गएको छ । सप्तकोशी नदीमा पानी कमभएसँगै कटान सुरु हुने भएकाले त्यसको पूर्वानुमानको आधारमा स्टोर गरेर राखेको बालुवाको बोरा, तारजाली र पानीको बेग रोक्ने प्रोकोपाईन समेत राखेर मर्मतको काम सुरु गरेको भारतीय जल संशाधन विभाग कोशी प्रोजेक्टले जनाएको छ । कोशीमा ठाउँठाउँमा जोखिम बढेको प्राविधिक र स्थानीयको गुनासोको आधारमा आइतबार विहानैदेखी सयौं मजदुर लगाएर मर्मतको कार्य स्वरुप बोरामा माटो हालेर जाली भर्ने काम सुरु गरेको छ । प्रकाशपुरको धरहरा टपन, राजाबास सहितको क्षेत्रमा दर्जन बढी स्परको मर्मत यस अघि नै गरिएकोमा बाढीको पानीले केही बीचबीच भागमा कटान गरेकाले मर्मतको काम धमाधम सुरु गरेको र हाल कुनै जोखिम नरहेको भारतीय जल संसाधन विभागको पेटिदारको रुपमा काम गर्ने के. के. मण्डलले बताउनुभयो ।

बुटवल–नारायणगढ सडक विस्तार : मजदुर र ठेकेदारबीच सहमतिपछि काम सुरु

मजदुर आन्दोलनले १५ दिन रोकिएको बुटवल–नारायणगढ सडक निर्माण फेरि सुरु भएको छ । ठेकेदार, मजदुर प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयबीच सहमतिपछि मजदुरहरू काममा फर्किएका हुन् ।

हजारदेखि करोडसम्मका योजना

जिल्लास्थित ९ वटा स्थानीय तहमा योजनाका काम (असारे विकास) सुरु भएको छ । हजारदेखि करोडसम्मका योजनाका काम सुरु भएको हो । अबको ठ्याक्कै १ महिना (असार मसान्त)मा सम्पन्न गर्नुपर्ने समय सुविधा छ । त्यही भएर जताततै काम खोलिएका छन् । कुलो, पदमार्ग, घेरावारा, मैदान तथा सडक निर्माणका कामले हातमा सीप हुनेहरू व्यस्त छन् । ढुंगा र गिट्टी कुट्ने मजदुर, ट्याक्टर, हार्डवेयर पसलदेखि पेटी ठेकेदारलाई जेठको हपहपी गर्मीको प्रवाह छैन । क्षमता विकास शीर्षकअन्तर्गत तालिम तथा गोष्ठीले होटेल व्यवसायमा केही राहत मिलेको छ ।

चिया टिप्न मजदुर अभाव

बगानमा कलकलाउँदा चियाका मुना छन्। चिया टिप्ने सिजन सुरु भएको छ। सिजन सुरु भए पनि मजदुर अभावले चिया बगानमा चिया टिप्ने काम सुरु हुन सकेको छैन। याङवरक ३