दाङ देउखुरीको गढवा क्षेत्रमा रेशम खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।
गढवा गाउँपालिकामा ६० बिघामा रेशम खेतीका लागि किम्बुको बिरुवा रोपिएको छ । रेशम कीराले मन पराउने किम्बुको बोटबाट आहारा विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरेर रेशम धागो उत्पादन गरी रेशम खेती गरिन्छ । देउखुरीको हडैया गाउँमा १० कृषि फर्म स्थापना भएर व्यावसायिक ‘सेतो सुन’को खेती भएको छ ।
यसबाट अर्थोपार्जनसंँगै वातावरण पनि संरक्षण हुन्छ । किम्बुका बिरुवा रोपिएको वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ । र...