व्यावसायिक कागती खेतीमा किसान

गजुरी– व्यावसायिक कागती खेतीमा किसानहरू सक्रिय हुन थालेका छन् । अहिले ज्यामरुङका आधा दर्जन किसान व्यावसायिक कागती खेती गर्न थालेका छन् । कागतीलाई बाँदरले पनि क्षति नगर्ने भएकाले धमाधम व्यावसायिक खेती थालिएको छ । यो वर्षमात्रै ज्यामरुङका चन्द्र लम्साल, रोहिणी लम्साल, हेमबहादुर ढकाल, बीएन ढकाल, दिनेशचन्द्र ढकाललगायतले करिब २ हजार बोट कागती लगाएका छन् । […]