तनहुँ – विद्युत् प्राधिकारण तनहुँ वितरण केन्द्रले ६० दिनसम्म विद्युत् महसुल नबुझाएका ग्राहकहरुको धमाधम विद्युत् लाइन काट्न सुरु गरेको छ । आइतबार र सोेमबार गरी दुई दिनमा ५३ ग्राहकको विद्युत् लाइन काटेको केन्द्रले जनाएको छ । ग्राहकबाट रु १० लाख ६१ हजार १० महसुल सङ्कलन हुनपर्ने देखिएको केन्द्रका सूचना अधिकारी डम्बरबहादुर श्रेष्ठले जानकारी दिए । […]