तीन सय बढी ग्राहकको विद्युत् लाइन काटेर ४८ लाख असुल

पर्वत : नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले महसुल नबुझाएका ग्राहकहरूबाट ४८ लाख रुपैयाँ असुल गरेको छ।मिटर रिडिङ गरेको ६० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाएका ग्राहकलाई सूचनामार्फत विद्युत् महसुल बुझाउन कार्यालयले सूचना जारी गरेको थियो।तर पटक–पटक सूचना जारी गर्दा पनि महसुल बुझाउन अटेरी गरेपछि पर्वत वितरण केन्द्रले ६०औँ दिनसम्म पनि महसुल नबुझाएका ग्राहकहरूको विद्युत् लाइन जुनसुकै समयमा पनि काट्न सुरु गरेको थियो।कार्यालय प्रमुख शिव नारायण गोशलीका अनुसार केही महिना अगाडिदेखि सुरु ग

सम्बन्धित सामग्री

महसुल नतिर्ने १ सय ७७ ग्राहकको विद्युत् लाइन काटियो

म्याग्दी । नेपाल विद्युत्  प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा १७७ ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालु आर्थिक वर्षको ५ महिनामा १८ लाख १२ हजार ४५० बक्यौता असुल गरिएको जानकारी दिए । १ सय ७७ ग्राहकबाट २२ लाख २ हजार १९६ महसुल बक्यौता उठाउनुपर्ने थियो । लाइन काटेपछि १ लाख ४९ हजार ४४९ जडान शुल्क उठेको छ । केन्द्रअन्तर्गतका ग्राहकबाट  ८१ लाख ८७ हजार ९२९ बक्यौता असुल गर्न बाँकी छ । गत कात्तिक १२ गतेदेखि बक्यौता असुली अभियान सञ्चालन भएको थियो । यसैगरी बिजुली चोरी गरेका ४ ग्राहकबाट १ लाख ३५ हजार १५६ रूपैयाँ रकम असुल भएको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत हाल २२ हजार एक सय ३० ग्राहक छन् । विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ । विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तानी नगर्ने उपभोक्ताहरूको चरणबद्धरूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको प्राधिकरणले जनाएको छ ।

महसुल नतिर्नेको विद्युत् लाइन काटियो

काठमाडौं, कार्तिक २३ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ । कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरुबाट १ […]

महसुल नतिर्ने १०७९ सेवाग्राहीको विद्युत् लाइन काटियो

चितवन- नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ ।   कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए...

महसुल नतिर्नेको विद्युत् लाइन काटियो - NepaliPatra

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ । कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरुबाट रु एक करोड […]

नवलपुरमा १२ वर्षदेखि विद्युत् महशुल उठेन: २०६ ग्राहकको विद्युत् लाइन काटियो

नवलपुर । नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता रु दुई करोड ५१ लाख भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा कार्यालयले सेवाग्राहीबाट सो रकम  असुल गर्न बाँकी छ ।  कार्यालयका इञ्जीनीयर तिलकराम थनेतकाअनुसार तीन महिनाभन्दा बढी समयसम्म विद्युत् महसुल नतिरेका पाँच सय २६ ग्राहकबाट बक्यौता रकम उठाउन बाँकी छ । 'तीन महिना नाघेका ग्राहकबाट रु १० हजारदेखि रु १६ लाखसम्म असुल गर्न बाँकी छ' उनले भने, 'पटक–पटक ताकेता गर्दा पनि रकम उठ्न सकेको छैन ।' कार्यालयमा १२ वर्षभन्दा लामो समयदेखिको विद्युत् महसुलको बक्यौता रकम असुल गर्न बाँकी रहेको थनेतले जानकारी दिए । कावासोती वितरण केन्द्रमा ‘युडेको प्रालि’ले रु १६ लाख १८ हजार बुझाउन बाँकी छ । लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काटिएको थनेतले बताए । एक लाखभन्दा बढी विद्युत् महसुल भुक्तानी गर्न बाँकी ग्राहक ४० रहेका छन् । विद्युत् प्राधिकरणले उनीहरुबाट  एक करोड ४४ लाख रूपैयाँ बक्यौता असूल गर्न बाँकी छ । लामो समयसम्म विद्युत् महसुल भुक्तानी नगर्ने ग्राहकको बत्ती काटिएको उल्लेख गर्दै थनेतले बक्यौता रकम तिरेपछि मात्र लाइन पुनः जडान गरिने जानकारी दिए । कार्यालयले महसुल नतिर्ने २०६ ग्राहकको विद्युत् लाइन काटेको छ । रासस

६ हजार ग्राहकको विद्युत लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले विद्युत् महसुल नतिर्ने ६ हजार चार सय ७७ ग्राहक विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि पटकपटक ताकेता गर्दासमेत महशुल नतिर्ने ती ग्राहकको आर्थिक वर्ष  २०७८/७९ मा प्राधिकरणले विद्युत् बन्द गरिदिएको हो ।  कार्यालय प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार विद्युत् लाइन काटेर कारवाही गरेपछि तिनीहरुबाट रु १७ करोड ५१ लाख २८ हजार जरिवानासहित विद्युत् महसुल उठेको छ । ती मध्ये सोही  अवधिमा पाँच हजार सात सय ७६ ग्राहकको लाइन जोडिए

निकुञ्जमा विद्युत् लाइन भूमिगत गर्न अनुमति

काठमाडाैं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएका छन्।मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका हुन्।अनुमति नपाएर उक्त काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थि

निकुञ्जमा विद्युत् लाइन भूमिगत गर्न अनुमति

काठमाण्डाै – वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत् प्रसारण लाइन भूमिगत (अन्डरग्राउन्ड) गर्न अनुमति दिनुभएको छ । मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिनुभएको हो । अनुमति नपाएर याे काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन । पर्स...

विद्युत् लाइन विस्तारमा स्थानीयको अवरोध

भेरीगंगा नगरपालिकामा १ सय २० घर टावर बनाउँदा प्रभावित हुने स्थानीय बताउँछन्। हामीले स्थानीयदेखि केन्द्रसम्म क्षतिपूर्तिका लागि धाउँदासमेत सुनुवाइ नभएपछि संघर्ष समिति बनाएर आन्दोलन गर्नुपरेको पीडित पूर्णबहादुर नेपालीले बताए।...