लयमा नफर्किदैं व्यवसाय फेरी बन्द हुने चिन्ता

भदौ १, महेन्द्रनगर । कोरोनाको दोस्रो लहरको संक्रमणपछि तंग्रिन नपाउँदै तेस्रो लहरको त्रासका कारण व्यावसायीहरु चिन्तित बनेका छन् ।  दोस्रो चरणको कोरोना संक्रमणपछि पुनर्जीवित हुन लागेका व्यावसायीहरुमा तेस्रो लहरको जोखिमले चिन्तित बनाएको छ । पहिलेको अवस्थामा फर्किन नपाउँदै तेस्रो लहरको कोरोना संक्रमणले व्यावसायीमा चिन्ता थपेको हो  ।  कोरोना संक्रमणका कारण व्यवसाय धरासायी बनेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लले बताए । उनका अनुसार पहिलो र दोस्रो चरणको कोरोना संक्रमणले जिल्लाको अर्थतन्त्र धरासायी बनेको छ ।  लामो समय सम्म गरिएको निषेधाज्ञाले व्यवसाय ठप्प भएपछि व्यवसायलयमा फर्किन समस्या भएको छ । दोस्रो लहरको संक्रमणपछि व्यवसाय शुरु हुन थाले पनि तेस्रो लहरको जोखिमले झनै चिन्ता बढाएको मल्लले बताए । ‘कोरोना संक्रमण कम हुन थालेपछि व्यवसाय सुचारु हुन थालेका थिए,’ अध्यक्ष मल्लले भने, ‘सरकारले नै कोरोना संक्रमणको तेस्रो लहर आउने भनि सकेको छ, लकडाउनमा पनि कडाई हुन थालेको छ, यसले आमव्यावसायीलाई फेरी चिन्तित बनाएको छ ।’ कोरोनाले थलिएका व्यवसायका लागि तीन तहका सरकारबाट अपेक्षाकृत रुपमा सरकारी नीति तथा कार्याक्रम आउन नसकेको अध्यक्ष मल्लको गुनासो छ  । सरकारले व्यवसायीका लागि सहुलियत व्याज दरमा ऋण, विगतमा लिएको ऋणको व्याज छूट तथा किस्ताको समयावधी थप लगायतका सुविधाहरु दिनुपर्ने उनको माग छ ।  होटल व्यवसायि संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले कोरोना संक्रमणको मुख्य चेपेटामा होटेल र पर्यटन व्यवसाय परेको बताए । उनले कोरोना संक्रमणका बेला गरिएको लकडाउन तथा निषेधाज्ञाले थलिएको व्यवसाय बल्ल शुरु हुनै लाग्दा फेरि बन्द गर्नुपर्ने चिन्ता थपिएको बताए ।  ‘लकडाउनले थलिएको  व्यवसाय फेरी शुरु हुन लागेको छ, अहिले व्यवसायीले सञ्चालन खर्च जेनतेन उठाइरहेका छन्,’  अध्यक्ष भट्टले भने, ‘फेरी तेस्रो लहर आउने हल्ला छ, यसले फेरी पूर्ण लकडाउन हुनेसक्ने चिन्ता थपेको  छ ।’ त्यस्तै होटल व्यवसायी महासंघका पर्यटन सचिव प्रमानन्द भण्डारीले कोरोनाका कारण व्यवसाय धरासायी बनेको बताए । उनले कोरोनाको दोस्रो लहरपछि सञ्चालन हुन लागेका व्यवसायलाई तेस्रो लहरको जाखिमले समस्यापार्ने बताए । ‘पहिलो लहरपछि व्यवसाय पुर्नजीवितहुने आशा थियो, दोस्रो लहरले व्यवसाय नै धरासायि बनाएको छ,’ उनले भने, ‘तेस्रो लहरको संक्रमण पनि फैलिने हल्ला छ, फेरी लकडाउन भयो भने व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।’   यात्रु नपाउँदा १० प्रतिशत सवारी साधन मात्रै चले  कोरोना संक्रमणको दोस्रो लहरपछि खुलेको सार्वजनिक यातायातले यात्रु पाउन सकेको छैन । संक्रमणको जाखिमका कारण यात्रुको आवतजावत कम भएपछि सार्वजनिक यातायातका साधनले छोटो तथा लामो दूरीका यात्रु पाउन समस्या भएको हो ।  महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तले कोरोना महामारीको प्रत्यक्ष असर यातायात व्यावसायीलाई परेको बताए । उनका अनुसार पहिलो र दोस्रो लहरको संक्रमणका बेला जारी गरिएको लकडाउन तथा निषेधाज्ञाले व्यवसाय पूर्ण रुपमा ठप्प हुँदा व्यवसायि धरासायी भएका छन् । पछिल्लो समय सरकारले सार्वजनिक सवारीका साधन चलाउन दिने निणर्य गरेपछि यातायात व्यवसायीले यात्रु नपाएको उनले बताए । उनका अनुसार अहिले महाकाली यातायात प्रालीका १० प्रतिशत मात्रै सवारी साधन चलेका छन् । तेस्रो लहरको संक्रमण पनि आउने हल्लाले फेरी व्यवासायीलाई चिन्तित बनाएको उनले बताए । यातायात नचल्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएकाले सरकारले न्यूनतम ब्याजमा ऋण उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । लामो समयदेखि थन्किएका सवारी साधनमा खिया लाग्न थालेको छ । मर्मत नगरी चलाउन सकिने अवस्था छैन । बैंकको किस्ता तिर्न पनि त्यस्तै समस्या भइरहेको उनले बताए । 

सम्बन्धित सामग्री

राजमार्ग अवरुद्ध, हवाई टिकट पाउन मुस्किल हुँदा पैदलयात्रा गर्न बाध्य

सुर्खेत– कालीकोटको पचालझरना गाउँपालिका-४ बाट चक्र रोकाया कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षा दिनका लागि  सुर्खेतसम्म पुग्न गाडी पर्खिंदा पनि पाएनन् ।  एकातिर आफ्नो परीक्षा छुट्ने चिन्ता अर्कोतिर बाटोमा अलपत्र परिने होकी भन्ने चिन्ताले  उहाँ दुई दिनको पैदलयात्रा गरेर कालीकोट र दैलेखको सिमानासम्म आइपुगेपछि मात्र फेरी एक दिन गाडी चढेर सुर्खेत आइपुगे । गत […]

भारतमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, डब्लूएचओले दियो यस्तो चेतावनी

एजेन्सी, १६ असार । भारतका केही राज्यमा लगातार बढ्दै गएको कोरोना संक्रमणले चिन्ता बढाएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीको जोखिम न्यून रहेको चेतावनी दिएको छ तर। महामारी अझै समाप्त भएको छैन् । डब्लुएचओका अनुसार पछिल्लो समयमा विश्वका ११० देशमा कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार […]

कोरोना बढेपछि सरस्वतीको मुर्ति विक्री नहोला कि भन्ने चिन्ता

सप्तरी, राजविराज । कोरोना महामारी फेरी फैलिने त्रास मनमा बोकेर यहाँका कलाकारहरु सरस्वती पूजाका लागि मूर्ती बनाउन सुरु गरेका छन् । तर, कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्र बन्दै गएपछि यसपाली सोचे जस्तो व्यापार नहुने चिन्ताले उनीहरुलाई पिरोलेको छ । बिद्याकी देवी सरस्वतीको पूजा यसपल्ट माघ २३ गते आइतबारका दिन परेको छ । […] The post कोरोना बढेपछि सरस्वतीको मुर्ति विक्री नहोला कि भन्ने चिन्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

विचारमा स्खलित र पदलोलुप भइयो, नसुध्रिए सकिन्छौं–प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विचारमा स्खलित र पदलोलुप प्रवृत्ति हावी हुँदै गएको बताएका छन्। हिजो जनतासँग जोडिएर जनताका काम गरेका कार्यकर्ता वर्ग आज पद, प्रतिष्ठा र पैसाकोपछि रुपान्तरित हुन थालेका भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्। वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले फेरी जनताको मन जित्नेगरी काम गर्न कार्यकर्तालाई आह्वान गरे।

सरकार फेरिएसँगै सुकुम्बासीलाई चिन्ता, लालपूर्जा वितरण गर्ने आयोग खारेज होला ?

साउन १३, धरान । कोरोना महामारीका कारण रोकिएको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निवदेन दिन ३५ दिने सूचना जारी भएपछि पुनः देशभरी लगत संकलनको काम भइरहेको छ ।  आयोगले रोकिएका पालिकाहरुमा पुनः लगत संकलनका लागि साउन १ गते ३५ दिने सूचना जारी गरेको हो । स्थानीय तहमा लगत संकलनले तिव्रता पाए पनि सरकारले परिवर्तनले आयोग खारेज हुने चिन्तामा सुकुम्बासीहरु छन् । आयोग खारेज भए सुकुम्बासीहरुले लालपूर्जा पाउने सपना फेरी १० वर्ष पछि धकेलिने उनीहरुको चिन्ता छ ।  तीन वर्षभित्र भूमिहिन दलित, भूमिहिन सुकुम्बास र अव्यवस्थीत बसोबासीलाई लालपूर्जा वितरण गर्ने गरि केपी ओलि सरकारले २०७६ चैत्र ९ गते आयोग गठनको निर्णय गरेको थियो । आयोगले २०७७ वैशाख ४ गतेदेखि काम शुरु गरेको हो ।  ओलि सरकार विघटन भई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको सरकार बने पछि अघिल्लो सरकारले  गरेका निर्णयहरु खारेज हुने क्रममा छन् । यसै बिच सुकुम्बासी आयोग पनि परेको छ ।  सुकुम्बासी समाधान आयोग सरकारले नभई प्रतिनिधि सभा र राष्ट्रिय सभाले सर्वसम्मन निर्णय गरि आयोग गठन गरिएकोले खारेज हुन नसक्ने नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रिय अध्यक्ष कुमार कार्की बताउँछन् । आयोग खारेज भए सुकुम्बासी माथिको गम्भिर अपराधको रुपमा समाजले लिने उनको भनाइ छ ।  उनले भने, ‘सरकारले लालपुर्जा दिने अन्तिम आयोग बनाएको दाबी गरेको छ, सुकुम्बासी समाधान गर्न इतिहासमै पहिलो पटक सांसदले बनाएको आयोग हो, त्यसैले यसलाई सरकारले खारेज गर्न सक्दैन, यही आयोगबाटै लालपुर्जा वितरण गरिनुपर्छ ।’ तीन वर्ष भित्र लालपुर्जा वितरण गरिसक्ने गरि योजनाका साथ अघि बढेको आयोग खारेज भएर फेरी नयाँ संरचना बनाएर अघि बढे सुकुम्बासीले लालपुर्जा पाउन फेरी १० वर्ष पर्खनु पर्ने उनी बताउँछन् ।  आयोगका अनुसार भूमिहिन दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न ७५३ पालिकामा सम्झौता भएको थियो । पछिल्लो समय लगत संकलन गर्न ३५ दिने सूचना जारी गरेको पालिकाको संख्या ५१३ रहेको छ । ३१९ पालिकामा लगत संकलन सम्पन्न भइसकेको छ । आयोगको सिस्टममा १ लाख ५१ हजार ७३० निवेदन दर्ता भएका छन् । ११ लाख ८० हजार ७६१ परिवारको लगत संकलन भएर पालिकाले बुझिसकेको आयोगका प्रवक्ता भिम बहादुर कार्कीले बताए ।  उनका अनुसार पालिकामा दर्ता भएका निवेदनहरुमध्ये २ लाख ४७ हजार ९६० सुकुम्बासीको फारम छ भने ९ लाख ३२ हजार ८०१ फारम अव्यवस्थित बसोबासीको रहेको छ ।  फारम संकलन भइसकेका ११४ स्थानीय तहमा प्राविधिक सर्बे गर्न अमिन खटाइसकेको उनले बताए । उनका अनुसार आयोगबाट ३७१ अमिन, लगायत प्राविधिक खटिएका छन् भने स्थानीय तहबाट २४६ प्राविधिक खटिएका छन् । देशै भरिमा ८ हजार ३५४ विघा जग्गा नापि भइसकेको उनको भनाइ छ । उनले भने, ‘साउन मसान्त भित्र १० हजार लालपुर्जा बाड्ने तयारी छ, अहिलेको हल्ला खल्लाले केही अवरोध भइरहेको छ ।’  संविधानमा उल्लेख भएको जग्गा प्राप्तिको मौलिक हक कार्यान्यवन गर्ने जिम्मा आयोगले प्राप्त गरेकाले असोज ३ गतेसम्म दलित, भुमिहीन, अव्यवस्थीत सुकुम्बासीलाई जग्गा प्रदान गर्ने तयारीका साथ काम अघि बढेको उनको दाबी छ । उनले भने, ‘भदौ मसान्तभित्र ५० हजार परिवारलाई लालपूर्जा वितरण गर्ने तयारी रहेपनि साउन अन्तिम सम्ममा २५ देखि ३० हजारलाई लालपूर्जा वितरण गर्ने पालिकाहरुले तयारी गरिसकेका छन् ।’  प्रतिनिधि सभा र राष्ट्रियसभाले सर्वसम्मत संसदले ऐन बनाएर आयोग गठन भएकाले यसको औचित्य समाप्त नभएसम्म खारेज नहुने वा पदाधिकारी फेरबदल नहुने उनको भनाइ छ । उनले भने, ‘सरकारको मूल्यांकन के हुन्छ,  आयोगको कामै छैन, सुकुम्बासीलाई जग्गा दिनुपर्दैन भन्यो भने त खारेज गर्न सक्छ ।’

सुनको भाउ दैनिक रुपमा ओरालो लागेपछि थप अभाव हुने चिन्ता

असार ४, चितवन । निषेधाज्ञाको शुरुवाती चरणमा सुनको भाउ क्रमश उकालो लागेपनि पछिल्ला दिनहरुमा भने ओरालो लाग्दै गएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै यसको असर नेपालमा पनि परेको हो । हाल सुन आयात ठप्प छ भने निषेधाज्ञा खुकुलो भएपछि माग ह्वात्तै बढ्नेछ ।  निषेधाज्ञाको समयमा व्यवसाय बन्द हुँदा पनि गहनाको अर्डर आएता पनि  व्यवसायीले गहना विक्री गर्न पाएका छैनन् । जसका कारण निषेधाज्ञा खुकुलो हुँदा माग बढी र मूल्य सस्तो हुँदा सुनको चरम संकट हुने देखिएको व्यवसायीले बताएका छन् ।  ‘निषेधाज्ञा खुलेसँगै सुन र गरगहनाको माग  बढ्ने तर आपूर्ती सहज नहुने देखिएकोले उनीहरुमा चिन्ता थपिएको हो । ‘पहिलेदेखिनै सुनको अभाव कायम छ अहिले विदेशबाट सुन आउन पनि ठप्प छ । अब त फेरी दिनदिनै सुनको भाउ घटिरहेको छ । निषेधाज्ञा खुलेपछि सुनको चरम संकट हुने देखिन्छ ।’ जय शन्तोषी सुनचाँदी शोरुमका सञ्चालक रुवीन रामुदामु भन्छन् ।  पछिल्लो साता सुनको भाउ निरन्तर ओरालो हुँदै जाँदा कारोबार बढेपनि फाइदा भने नहुने उनको भनाइ छ । उनका अनुसार यसअघि विदेशबाट आउने व्यक्तिले सुन ल्याउने गरेपनि विश्वभर कोरोना महामारीका कारण हवाईयातायात सहज नहुँदा थप अभाव हुने देखिन्छ । ‘निषेधाज्ञा पछिनै सुनको भाउ उकालो लागेको लागै थियो, उनले भने, ‘अब कोरोना महामारीको प्रभाव घट्दै जाँदा यसको भाउ पनि घटेको छ ।’ सुन आयातमा निजी तथा विदेशी कम्पनीलाई पनि लगानी गर्ने वातावरण भए सुनचाँदी व्यवसायलाई  सहज हुने उनको भनाइ छ । विगत केही वर्षदेखि सुनचाँदी व्यवसाय र उपभोक्तामा गरगहनाको आकर्षण भएपनि पछिल्लो समय मूल्य उत्तारचढावका कारण सुनचाँदी कारोबार पनि स्थिर हुन सकेको छैन । विशेषगरी ग्राहकले सिजन, बिहे, चाडपर्वमा पनि यसको कम प्रयोग गर्न थालेका छन् । ‘सुनको भाउ जति बढ्दै जान्छ गहनाको  विक्री पनि उति घट्न जान्छ । भाउ कम भए विक्री पनि बढ्छ ।’ आधुनिक सुनचाँदी पसलका सञ्चालक विकास बर्मा भन्छन् ।  कोरोना कहरसँगै मानिसको क्रयक्षमतामा ह्रास हुँदै जाँदा गत सालभन्दा पनि झण्डै ५० प्रतिशत कारोबारमा कमी आएको उनले बताए । ‘कारोबारमा कमी पनि छ, आवश्यक परेको बेला सुन अभाव छ । हामी दोहोरो मारमा छौं ।’ उनले भने ।  गत १ वर्षदेखि खस्कदै गएको देशको अर्थतन्त्र र आर्थिक गतिविधि सुस्त भएसँग यसको असर सुन व्यवसायमा पनि परेको हो । सुन विलासी वस्तु र गरगहना खरीदविक्री मानिसको प्राथमिकता नपर्ने गरेका कारण सुनको अभावसँगै व्यवसाय पनि संकटमा पर्दै आएको छ ।  नेपाल सुनचांँदी व्यवसायी संघ, चितवनका वरिष्ठ उपाध्यक्ष यम बहादुर बिक कोरोनाको कहरसँगै सुनको मूल्यमा उत्तारचढाव आउँदा यस व्यवसायले गति लिन नसकेको बताउँछन् । ‘अन्तरराष्ट्रिय बजारमा डलर घट्दा, सुनको भाउ बढ्छ, उनले भने नेपालमा डलर बढ्दा यो सँगै मूल्य बढ्ने भयो ।’ हाल सुनको आयात बन्द भएकोले निषेधाज्ञा खुलेपछि पनि आयात प्रक्रियामा ढिलाई हुन हुनाले आफूहरु चिन्तित भएको उनले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारलाई निषेधाज्ञासँगै सुन आयात बन्द गर्ने सिफारीश गरेपछि त्यसयता सुन आयात हुन सकेको छैन । निषेधाज्ञा खुलेपनि कोरोना महामारीका कारण हवाईउडान सहज नहुँने हुँदा व्यवसायी थप मर्कामा पर्ने भएका हुन् ।  निषेधाज्ञा खुकुलो भएपछि मानिसहरुको रोकिएका वैवाहिक तथा शुभकार्य शुरु हुनाले सुनको मागको अनुपात बढ्ने गर्छ । साथै अब नेपालीहरुको चाडपर्व शुरु हुने समय भएकोले पनि सुनको अभाव हुने र कारोबारमा असन्तुलन आउने व्यवसायीले बताएका छन् ।  सुनको अभाव नहुन र यसको सन्तुलन ल्याउनुको साथै व्यवसायलाई गतिदिन बारम्बार छलफल, जुम बैठक भइरहेको बताउँछन् सुनचाँदी व्यवसायी महासंघका तृतिय उपाध्यक्ष विपिन रामुदामु । ‘महासंघकै सिफारीशमा सुन आयात गर्न रोकिएको हो । अब हामी यसको सहजताका लागि सरकारसँग अनुरोध गर्छौं ।’ रामुदामुले भने । हाल अधिकांश बजार ठप्प रहेको र गरगहनाको माग पनि नभएकोले आयात बन्द गर्नुपरेको उनको भनाइ छ ।  शुरुवाती क्षणमा सुनचाँदीको भाउ निरन्तर बढेपनि पछिल्लो साता सुनको भाउ निरन्तर घट्दै जाँदा माग अत्याधिक बढ्न जानेछ । सुनको भाउ सस्तो भएपछि ग्राहकले पनि किन्न खोज्छन् । गहनाको माग बढेपछि हामीले पनि थप खरीद गर्न खोज्छौं उनले भने, आपूर्ती भने जताततै बाट ठप्प भएको छ ।’ दोस्रो लहरको निषेधाज्ञामा प्रतितोला ९० हजारको हाराहारीमा रहेको सुनको भाउ बीचको समयमा प्रतितोला ५ हजारसम्म भाउ बढेको सुन पछिल्लो दिनहरुमा पुनः पहिलेकै अवस्थामा आएको छ । चितवनमा झण्डै ५०० सय हाराहारीमा सुनचाँदी पसल सञ्चालनमा छन् ।

नयाँ कोरोना भाईरसः नेपालमा उच्च जोखिम, फेरी हुन्छ लकडाउन ?

भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि चिन्ता सुरु भएको छ । सन २०२१ को सुरुवातमा संक्रमण कम हुन थालेपछि पछिल्लो केहि हप्ता तिव्र रुपमा वढेपछि चिन्ता सुरु भएको हो । ...

खेलाडीलाई फेरी फिटनेसको चिन्ता

लकडाउन खुकुलो भएपछि खुसी भएका खेलाडीलाई फेरी चिन्ता परेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो।

प्रदेशको कार्यालय स्थापनाप्रति विज्ञ किन चिन्तित

खारेज गरिएका क्षेत्रीय र जिल्ला कार्यालयको सरह नै प्रदेश र जिल्ला सदरमुकाममा फेरी कार्यालयहरू स्थापना गर्न थालेपछि विज्ञले किन चिन्ता प्रकट गरिरहेका छन्?

‘बिग बोस ११’ को प्रोमोमा पनि सलमानको विवाहकै चिन्ता!

भारतीय टीभीमा लोकप्रिय रियालिटी शो 'बिग बोस' एक पटक फेरी नयाँ ढङ्गबाट मनोरन्जनको प्याकेज लिएर आएको छ।'बिग बोस ११' को पहिलो प्रोमो सार्वजनिक भएको छ। शो निर्माताले शो को सबै तयारी पुरा गरेको छ। यस पटकको शो को प्रोमो पहिलाको भन्दा नितान्त फरक छ। ४५ सेकेण्डको प्रोमोमा सलमानको बिहेको कुरा गरिएको छ। एउटी छिमेकीले उनलाई…