देशभरको तापक्रम घट्यो : काठमाडौंको तापक्रम सातामै चार डिग्रीले झर्यो
काठमाडौं उपत्यकाको तापक्रम एक सातामै चार डिग्रीले घटेको छ । पुस पहिलो साताबाट देशभर चिसो बढ्न थालेकामा काठमाडौंमा न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियससम्म झरेको छ ।
६ पुसमा काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री...
१२ पुस, काठमाडौं । आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा भने सफा हुने […]
काठमाडौं । देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ । साँझ र बिहान चिसो हुनेछ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा […]
पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री सेल्सियस थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गत वर्ष पुस ३ गते काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव छ पुगेको छ । ‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । “कुनै पनि मौसमी प्रणाली विकसित नभए काठमाडौँको न्यूनतम तापक्रम अबको दुई–तीन दिन एकदेखि दुई डिग्रीको हाराहारीमै रहन्छ” मौसमविद् पौडेलले भन्नुभयो । तापक्रम घटेपछि काठमाडौँ उपत्यकामा बढी चिसो महसुुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।
काठमाडौं उपत्यकामा हिजो (सोमबार)भन्दा आज ४ डिग्री तापक्रम घटेको छ। सोमबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस थियो भने मंगलबारको तापक्रम घटेर ११.४ डिग्रीमा पुगेको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले राति बादल फाटेकाले मंगलबार विहान तापक्रम घटेको बताइन्। ‘आज हिजोभन्दा जाडो बढेको छ, राति बादल फाटेकाले चिसो बढेको हो अब तापक्रम बिस्तारै…