मासुको मूल्य घट्यो

काठमाडौं, बैशाख १६। निषेधाज्ञाका कारण बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । केही दिन अघिसम्म मूल्य बढेर प्रतिकिलो ४४० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य निषेधाज्ञाको निर्णय भएसँगै ३ दिनको अन्तरालमा ४० रुपैयाँ घटेर प्रतिकिलो ४०० रुपैयाँमा आएको छ । सरकारले निषेधाज्ञाको समयमा पनि कुखुराको ओसारपसारका साथै मासु पसल सञ्चालनमा रोक नलगाउने बताएको […]

सम्बन्धित सामग्री

मूल्यवृद्धि ५.२६ प्रतिशत : घ्यू-तेल, तरकारी, मासुको मूल्य घट्यो

गत पुसमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ५.२६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत थियो । गत मंसिरको तुलनामा भने पुसमा मूल्यवृद्धि बढी हो । गत मंसिरमा यस्तो मूल्यवृद्धिदर ४.९५ प्रतिशत रहेको थियो ।

ब्रोइलर कुखुरा मासुको मूल्य घट्यो, प्रति केजी कति पुग्यो ?

काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घटेको छ ।  कुखुराको मूल्य बुधबार पुनः १० रुपैयाँले सस्तो भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यो मूल्य काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रको हो । पछिल्लो पटक मूल्य घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य २९० रुपैयाँ कायम भएको संघका सचिव देवकुमार गिरीले जानकारी […]

कुखुरा मासुको मूल्य घट्यो

काठमाडौं, चैत २३ । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत माघ दोस्रो सातातिर प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुखुरा मासुको मूल्य त्यसपछि बढेर ४ सय रुपैयाँसम्म पुगेको […]

कुखुरा मासुको मूल्य घट्यो

काठमाडौं । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत माघ दोस्रो सातातिर प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुखुरा मासुको मूल्य त्यसपछि बढेर ४ सय रुपैयाँसम्म पुगेको थियो । मंगलवारदेखि लागू हुने गरी मासुको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाएर ३ सय ९० कायम गरिएको छ । भारतीय सीमा नाकाबाट अवैध रूपमा जिउँदो ब्रोइलर कुखुरा र तयारी मासु भित्रिन थालेपछि बाध्य भएर मूल्य घटाउनुपरेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिए । उनका अनुसार नाकामा कडाइ नगर्दा अवैध रूपमा ठूलो मात्रामा नेपालमा जिउँदो कुखुरा र तयारी मासु भित्रिने क्रम बढेको छ । ‘हाम्रोमा भन्दा भारतमा कुखुराको उत्पादन लागत कम छ । त्यसैले उताबाट सस्तोमा ल्याएर यता बेच्ने काम भएकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा बाध्य भएर मूल्य घटाउनुपरेको हो,’ उनले भने । मूल्य घट्दा उपभोक्ताले भने सस्तोमा मासु खान पाएका छन् । तर, अवैध रूपमा कुखुरा र मासु भित्रिँदा स्वदेशी उद्योग संकटमा पर्नसक्ने खतरा बढेको मिश्र बताउँछन् । नेपालको एकमात्र आत्मनिर्भर उद्योगका रूपमा रहेको पोल्ट्रीले कोरोना महामारीपछि विभिन्न उतारचढाव झेल्दै आएको छ । १ सय ६० अर्ब लगानी रहेको उद्योग धराशयी हुने खतरा बढ्दै गएको सरोकारवाला बताउँछन् । मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले पनि सीमापारिबाट सस्तोमा कुखुरा भित्रिँदा र आन्तरिक बजारमा कुखुरा मासुको खपत घट्दा बाध्य भएर मूल्य घटाउनुपरेको बताए । उनका अनुसार बजारमा देखिएको आर्थिक संकटका कारण मासु खपत केही मात्रामा घटेको हो । मूल्य घट्नुको अर्को कारणका रूपमा अहिलेको आर्थिक संकटलाई पनि लिन सकिने उनले बताए । सामान्य अवस्थामा देशभर हरेक दिन ८ लाख किलो कुखुराको मासु खपत हुने गर्छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुन्छ । अहिले समग्र खपत ३० प्रतिशतसम्मले घटेको बिसीको दाबी छ ।

१६० अर्बको पोल्ट्री उद्योग धराशयी हुने जोखिम

काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री उद्योग धराशयी हुने अवस्थाको डिलमा पुगेको छ । कोरोना महामारीको समयमा घाटामा गएको र त्यसपछि विश्व अर्थतन्त्रमा देखिएको सुस्तीका कारण माथि उठ्न नसक्दा १ सय ६० अर्ब लगानी रहेको व्यवसाय धराशयी हुने खतरामा पुगेको पोल्ट्री व्यवसायीले बताएका छन् । सरकारले २०७७ चैतमा पोल्ट्री उद्योगलाई आत्मनिर्भर घोषणा गरेको थियो । विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने कच्चा पदार्थ र औषधिको मूल्य अत्यधिक बढेर किसानले लागत मूल्य पनि नपाउने खतरा बढेपछि दाना र ह्याचरी उद्योग बन्द हुने क्रम बढेको बताइएको छ । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी व्यवसायीले उत्पादन लागतअनुसार चल्लाको मूल्य नपाएपछि धमाधम उद्योग बन्द हुन थालेका छन् । तीन सय ६८ उद्योगमध्ये १ सय ५० बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योग पनि ६० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् । त्यसैगरी १ सय १४ ओटा दाना उद्योगमध्ये ५० प्रतिशत बन्द भइसकेको व्यवसायीको दाबी छ । सामान्य अवस्थामा नेपालमा रहेका ह्याचरी उद्योगले हप्तामा ४५ लाख चल्ला उत्पादन गर्थे । अहिले चल्ला उत्पादन क्षमता २० लाखले घटेर २५ लाखमा सीमित भएको छ । ‘दाना र औषधिलगायत कच्चा पदार्थको मूल्य आकाशिएपछि किसानले चल्ला माग गर्नै छाडे,’ अध्यक्ष पौडेलले भने, ‘त्यसपछि चल्लाको लागत मूल्य पनि उठ्न छाड्यो । ५५ रुपैयाँ लागत पर्ने चल्ला ४० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यतामा छौं । विक्री नभएपछि लाखौं चल्ला नष्ट गर्नुपर्ने स्थिति पनि आयो ।’ यस्तो अवस्थामा पनि बिचौलियाले महीना दिन अघिसम्म भारतबाट तयारी मासु भित्र्याउँदा यस्तो अवस्था आयो,’ उनले आर्थिक अभियानसँग भने । दुई वर्षअघि दानामा प्रयोग हुने मकैको मूल्य २० रुपैयाँ किलो थियो । अहिले ४२ रुपैयाँ पुगेको छ । यसबीचमा भटमासको मूल्य ७५ रुपैयाँ किलोबाट बढेर १ सय २५ रुपैयाँ पुगेको छ । औषधिको मूल्य त्यसैगरी उकालो लागेको छ, जसले गर्दा कुखुरापालक किसान पनि पलायन हुन थालेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । आफैले आत्मनिर्भर घोषणा गरेको व्यवसायलाई पुन: स्थापना गर्न सरकारले खासै चासो नदिएको उनको गुनासो छ । उत्पादन लागत पनि उठाउन मुश्किल परेको अवस्थामा बैंकको ब्याज र किस्ता तिर्न सक्ने अवस्था नभएको उनी बताउँछन् । ‘त्यसैले ब्याजको पूँजीकरण गरेर साँवाब्याज तिर्ने अवधि लम्ब्याउनुपर्छ,’ महासचिव मिश्रले भने । संकटको अवस्थामा व्यवसाय सञ्चालन गर्न बाध्य बर्डफ्लुपीडित २ सय ९९ कुखुरापालक किसानले वर्ष दिनअघि नै साढे ५८ करोड रुपैयाँ क्षतिपूर्ति पाउनुपर्नेमा हालसम्म पाएका छैनन् । आफ्नो पीडामा मल्हम लगाउन सरकारले समेत चासो नदिएको किसानको दुखेसो छ । पोल्ट्री व्यवसायमा भइरहेको उतारचढावको असर उपभोक्तासम्म नै परेको छ । कच्चा पदार्थको चर्को मूल्यका कारण किसानले कुखुरा पाल्न छाडेपछि बजारमा कखुरा अभाव हुन गई महीना दिन अघिसम्म ३ सय ३० रुपैयाँ किलो पर्ने ब्रोइलर कखुराको मासुको मूल्य अहिले बढेर ३ सय ६० रुपैयाँ पुगेको मासु व्यवसायी संघले बताएको छ । अण्डाको फार्म मूल्य बढ्यो उपभोक्ता मूल्य घट्यो अण्डाको फार्म मूल्य बढेको छ भने उपभोक्ता मूल्य घटेको छ । बजारमा बिचौलिया हाबी भएपछि आफ्नो लागतअनुसारको मूल्य नपाएका अण्डा उत्पादक किसानको पहलमा नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि अण्डाको किसान मूल्य बढाएको हो । बढेको मूल्यअनुसार किसानले प्रतिगोटा अण्डाको १० रुपैयाँ १६ पैसा पाउनेछन् । यसअघि किसानले पाउने प्रतिगोटा मूल्य ८ रुपैयाँ २५ पैसा थियो । किसानले पाउने मूल्य बढे पनि उपभोक्ता मूल्य भने घटाइएको नेपाल अण्डा उत्पादक संघका महासचिव प्रवीण केसीले जानकारी दिए । उनका अनुसार यसअघि प्रतिगोटा अण्डाको उपभोक्ता मूल्य १५ रुपैयाँ पर्ने गरेकोमा अब १३ रुपैयाँ पर्नेछ । किसानसँग भएको अण्डा विक्री हुनै छाडेपछि यस्तो गर्नुपरेको केसीले बताए । बिचौलियाले अवैध रूपमा भारतबाट अण्डा भित्र्याउँदा नेपाली किसान मर्कामा परे पनि सरकारले त्यसलाई नियन्त्रण गर्न चासो नदिएको उनले गुनासो गरे ।

रुस–युक्रेन युद्धको प्रभाव : कुखुराको मासुको मूल्य घट्यो, दानाको बढ्यो

जेठ महिनामा मात्र कुखुराको मासुको मूल्य तीनपटक घटेको छ । कुखुराको मासुको मूल्य घटेसँगै कुखुरापालक किसान भने मारमा परेको बताउन थालेका छन् ।

निषेधाज्ञाको प्रभावले घट्यो कुखुराका चल्लाको माग

काठमाडौं (अस) । निषेधाज्ञाको प्रभावले कुखुराका चल्लाको माग घटेको छ । अहिले कतिपय जिल्लामा निषेधाज्ञा लागू भएको र केही जिल्लामा निषेधाज्ञा हुन थालेपछि किसानले कुखुराका चल्लाको माग घटाएका हुन् । ह्याचरी उद्योग संघका अनुसार नेपालमा प्रतिहप्ता ४२ लाख चल्लाको माग हुने गर्दछ । अहिले प्यारेन्ट चल्लाको अभावमा उत्पादन घटेर ३० लाख मात्र छ । यसमध्ये पनि अहिलेको बजार माग १५ प्रतिशतले घटेको संघले बताएको छ । निषेधाज्ञाका कारण दाना, औषधि लगायत आवश्यक सामग्री नपाइने त्रासले किसानले चल्लाको माग घटाएको ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । माग घटेसँगै चल्लाको मूल्य पनि घट्न सक्ने उनले बताए । अहिले प्रतिचल्ला ७० रुपैयाँ छ । मासुको मूल्य घट्यो निषेधाज्ञाका कारण बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । केही दिन अघिसम्म मूल्य बढेर प्रतिकिलो ४४० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य निषेधाज्ञाको निर्णय भएसँगै ३ दिनको अन्तरालमा ४० रुपैयाँ घटेर प्रतिकिलो ४०० रुपैयाँमा आएको छ । सरकारले निषेधाज्ञाको समयमा पनि कुखुराको ओसारपसारका साथै मासु पसल सञ्चालनमा रोक नलगाउने बताएको छ । यद्यपि मासुको मूल्यमा निषेधाज्ञाको प्रभाव परेको छ । निषेधाज्ञाको घोषणापछि लाखौं मानिसले काठमाडौं उपत्यका छाडेका छन् । यसकारण मासुको खपत घटेको मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुने गर्दछ । उपत्यका छाडेर बाहिरिनेहरू बढेसँगै खपत करीब ४० प्रतिशत घटेको बताइएको छ । गतवर्ष कोरोना महामारीका कारण चपेटामा परेको पोल्ट्री व्यवसायमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी नेपाल पोल्ट्री व्यवसायी महासंघले बताएको छ । यस वर्ष त्यस्तो अवस्था आउन नदिन तयारी कखुरा, अण्डा, दाना, औषधि लगायत वस्तु ओसारपसार तथा विक्री वितरण सहज बनाउन महासंघले सरकारसँग आग्रह गरेको छ ।

ब्रोइलर कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं। कुखुराको मासुको मूल्य आजदेखि सामान्य घट्ने भएको छ। आजदेखि लागू हुने गरी किलोमा १० रुपैयाँले घटेर जिउँदो कुखुरा प्रतिकिलो २९० रुपैयाँ कायम भएको छ। नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार हिजोसम्म जिउँदो कुखुराको मूल्य प्रतिकिलो ३०० रुपैयाँ थियो। यसअघि कुखुराको तयारी मासुको मूल्य निरन्तरवृद्धि हुँदै प्रतिकिलो ४५० रुपैयाँसम्म पुगेको थियो।

कुखुराको मासुको मूल्य घट्यो, किसान असन्तुष्ट

पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान दुःखी भएका छन् । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अनुसार मङ्गलबारदेखि लागु हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाएको छ । अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको छ । तर कुखुरा किसान भन्छन्, “हामीलाई सोध्दै नसोधी मूल्य घटाएको छ, त्यसमा हाम्रो आपत्ति छ ।”