निषेधाज्ञाको प्रभावले घट्यो कुखुराका चल्लाको माग

काठमाडौं (अस) । निषेधाज्ञाको प्रभावले कुखुराका चल्लाको माग घटेको छ । अहिले कतिपय जिल्लामा निषेधाज्ञा लागू भएको र केही जिल्लामा निषेधाज्ञा हुन थालेपछि किसानले कुखुराका चल्लाको माग घटाएका हुन् । ह्याचरी उद्योग संघका अनुसार नेपालमा प्रतिहप्ता ४२ लाख चल्लाको माग हुने गर्दछ । अहिले प्यारेन्ट चल्लाको अभावमा उत्पादन घटेर ३० लाख मात्र छ । यसमध्ये पनि अहिलेको बजार माग १५ प्रतिशतले घटेको संघले बताएको छ । निषेधाज्ञाका कारण दाना, औषधि लगायत आवश्यक सामग्री नपाइने त्रासले किसानले चल्लाको माग घटाएको ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । माग घटेसँगै चल्लाको मूल्य पनि घट्न सक्ने उनले बताए । अहिले प्रतिचल्ला ७० रुपैयाँ छ । मासुको मूल्य घट्यो निषेधाज्ञाका कारण बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । केही दिन अघिसम्म मूल्य बढेर प्रतिकिलो ४४० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य निषेधाज्ञाको निर्णय भएसँगै ३ दिनको अन्तरालमा ४० रुपैयाँ घटेर प्रतिकिलो ४०० रुपैयाँमा आएको छ । सरकारले निषेधाज्ञाको समयमा पनि कुखुराको ओसारपसारका साथै मासु पसल सञ्चालनमा रोक नलगाउने बताएको छ । यद्यपि मासुको मूल्यमा निषेधाज्ञाको प्रभाव परेको छ । निषेधाज्ञाको घोषणापछि लाखौं मानिसले काठमाडौं उपत्यका छाडेका छन् । यसकारण मासुको खपत घटेको मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुने गर्दछ । उपत्यका छाडेर बाहिरिनेहरू बढेसँगै खपत करीब ४० प्रतिशत घटेको बताइएको छ । गतवर्ष कोरोना महामारीका कारण चपेटामा परेको पोल्ट्री व्यवसायमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी नेपाल पोल्ट्री व्यवसायी महासंघले बताएको छ । यस वर्ष त्यस्तो अवस्था आउन नदिन तयारी कखुरा, अण्डा, दाना, औषधि लगायत वस्तु ओसारपसार तथा विक्री वितरण सहज बनाउन महासंघले सरकारसँग आग्रह गरेको छ ।  

सम्बन्धित सामग्री

प्रिओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले घट्यो । योसँगै सूचक २०३४.४७ विन्दुमा  झर्‍याे । आज ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर किनबेच हुँदा १ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भए । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घट्यो । बाँकी […]

प्रिओपन सेसनमा घट्यो नेप्से

काठमाडौँ– चालु साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो । सेसन अवधिमा नेप्से ०.२९ अंक घटेर १८५८.२६ को विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। सेसनमा ६ स्टकको १७५ कित्ता शेयर किनबेच भयो । जसमध्ये २ स्टकको मूल्य बढ्यो भने ४ वटा स्टकको मूल्य घट्यो। […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, १८० करोडको कारोबार

२३ असार, काठमाडौं । बुधबार तीव्र उतार चढावका बीच बढेको सेयर बजार नेप्से परिसूचक बिहीबार भने घट्यो । बिहीबार १६.६ अंकले घटेर सेयर बजार २०२७.३२ बिन्दुमा आएर रोकियो । बुधबार बजार १३.३३ अंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेर रोकिएको थियो । बिहीबार २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर  ३१ हजार २७६ पटक […]

सातामा ५ प्रतिशतले घट्यो नेप्से सूूचक

कारोबार रकम आधाले घट्यो  गत साता तीन दिन मात्र खुलेको बजारमा नेप्से परिसूचक ५ प्रतिशतले घटेको छ । सातामा एक सय १७ दशमलव ५४ अंकले घटेर दुुई हजार दुुई सय ३८ दशमलव...

१०० अङ्कले घट्यो नेप्से

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १००.१० अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि परिसूचक २८२० अङ्कमा कायम भएको छ । ६ कम्पनीको मात्रै मूल्य बढ्यो भने १८५ को घट्यो । कारोबार रकम भने बढेको छ । ८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भयो । यसअघि हिजो (आइतबार) ७ अर्ब ३ करोडको कारोबार […]

तरलता अभावले ५० प्रतिशत घट्यो निर्माण सामग्रीको बिक्री

सिजनमै माग घटेपछि सिमेन्टको मूल्य बोरामा ५० र डन्डीको प्रतिकिलो ५ रुपैयाँले घट्यो बैंकहरूमा चुलिएको तरलता अभाव र सरकारले विकास खर्च गर्न नसक्दा यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको छ । आवासीय...

सार्वजनिक ऋण २५ अर्ब घट्यो

ऋण प्राप्तिभन्दा भुक्तानी बढी हुनु र विनिमयदरमा आएका परिवर्तनले सार्वजनिक ऋणको आकार घट्यो, सरकारले तिर्न बाँकी ऋण १७ खर्ब १२ अर्बमा झर्‍यो, चार महिनामा पौने २५ अर्ब वैदेशिक ऋण थपिँदा...

सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्य घट्यो । सुनको मुल्यमा आज ६ सयले कमी आई छापावाल सुन तोलामा ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ८९ हजार ६ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज […]

एक कदम बढेको सेयर बजार घट्यो दुई कदम, २७९५ मा पाउला त टेवा?

यो साता एक कदम बढेको सेयर बजार दुई कदम घटेको छ। अर्थात समग्रमा ४१ अंकले घट्यो भने जम्मा २३ अंकले बढ्यो। ४ दिन घट्दा १ दिन मात्रै बजार बढ्यो।

सातामा ६२ अंकले घट्यो नेप्से

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.४६ अंकले घटेको छ। नेप्सेका अनुसार आइतबार २९ सय ५ अंकबाट कारोबार सुरु भएको परिसूचक बिहीबार २८ सय ४३ अंकमा आएर बन्द भएको हो। आइतबारदेखि बिहीबारसम्मको अवधिमा ४ दिन बजार घट्यो। मंगलबार भने एकै दिन नेप्सेमा ७९ अंकको ‘बाउन्स ब्याक’ भएको थियो। यसबाहेक अन्य कुनै पनि दिन नेप्से सूचक बढ्न सकेन।