नियत भ्रष्ट भएकाहरुबाट न्याय क्षेत्र बदनाम : न्यायाधीश कार्की

१९ मंसिर, वीरगञ्ज । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले नियत भ्रष्ट भएकाहरुका कारण न्याय क्षेत्र बदनाम भएको बताएका छन् । न्यायपालिकाभित्र विद्यमान विकृति विसंगतिबारे अध्ययन गर्ने सिलसिलामा शुक्रबार वीरगञ्ज पुगेका उनले न्याय क्षेत्रका विकृति विसंगति रोक्न …

सम्बन्धित सामग्री

नेतृत्वबाट दायित्वबोधको आशा

नेपाल यतिबेला निराशाको भुमरीमा रुमल्लिएको छ । राजनीतिक वृत्तमा पनि सत्तामा रहेका बाहेकमा तीव्र निराशा छ । सांसदले सदनमा बोलेकै उदाहरण लिने हो भने पनि निराशाको स्वर सुनिन्छ । स्वतन्त्र भनिएको न्याय क्षेत्र पनि उत्साहित देखिँदैन । कतिपय घटनामा न्यायपालिका कार्यपालिकाको हस्तक्षेपमा परेको भनेर पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति सुनिन्छ । पहिलेभन्दा अहिले न्याय क्षेत्र हरेक दृष्टिले उन्नत, छिटोछरितो र सर्वसुलभ हुनुपर्नेमा त्यसो हुन सकेको छैन । यही भएकाले हुनु पर्छ केही दिनपहिले न्यायपरिषद्सँग सम्बन्धित एक समाचारमा खराब काम गरेकाले कारबाहीमा परेर १२ जनाभन्दा बढी न्यायाधीश सेवामु

अदालतले कैद र दण्ड-जरिवाना असुल गर्न सीआईबीको सहयोग लिने

१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र सरकारी बिगो असुल गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग लिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको अध्यक्षतामा रहेको केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र बिगो असुल गर्न सीआईबीको सहयोग लिनेदेखि न्यायिक प्रहरी माग […]

हुम्ला जिल्ला अदालतको भवन उद्घाटन

हुम्ला जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गरेका हुन् । उनले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताए । उनले हरेक नेपाली न्यायको पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने बताए । कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले न्याय क्षेत्र नागरिकको प्राथमिकताको विषय भएकाले यसमा कानुन व्यवसायी सदैव गम्भीर हुनुपर्ने बताए ।

जिल्ला अदालतबाट कपिलवस्तु प्रहरी सम्मानित

जिल्ला अदालतले कपिलवस्तु प्रहरीलाई सम्मान गरेको छ । अदालतबाट सजाय पाएर वर्षौदेखि फरार प्रतिवादीलाई धमाधम पक्राउ गरेर फैसला कार्यान्वयनमा सघाएको भन्दै कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई शुक्रबार सम्मान गरेको हो ।जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा कपिलवस्तु प्रहरीका तर्फबाट उपस्थित प्रहरी निरीक्षक रेशम पौडेललाई प्रमाणपत्र प्रदान गरे । कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्की र डीएसपी कोभिड संक्रमित भएर आइसोलेसन

न्याय क्षेत्र अराजक बन्ने खतरा, पानीमाथिको ओभानो बन्दै शीर्ष दलका नेताहरू

सर्वोच्चका १९ न्यायाधीश नै प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको इजलासमा बसेका छैनन् । दुवै पक्षको अडानका कारण सर्वोच्चमा मुद्दाको चाङ लागेको छ ।

महाभियोगकै निम्ति योग्य पात्र हुन् चोलेन्द्र शमशेर राणा

सर्वाेच्च अदालतमा देखिएको तीव्र र गम्भीर विवादका कारण न्यायका लागि आउने सेवाग्राही मात्रै होइन, सिंगो न्याय क्षेत्र नै यतिबेला गिजोलिन पुगेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना जेठानलाई मन्त्री बनाएको प्रकरण सार्वजनिक भएदेखि सर्वाेच्च अदालत ठप्प छ । सर्वाेच्चका न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलास बहिष्कार गर्ने…

‘खराव नियत भएकाले छाल गन्ने जिम्मेवारी पाए पनि कमिसन खान्छ’

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले खराव नियत भएका ब्यक्तिलाई ‘छाल गन्ने जिम्मेवारी दियो भने त्यसमा पनि कमिसन खान्छ’ भन्दै न्याय क्षेत्र पनि नियतमै खोट भएकाहरुका कारण बदनाम भएको बताएका छन् । न्याय ...

लिखत बनाएको दररेट निर्धारण

जिल्ला न्याय क्षेत्र समन्वय समिति रुपन्देहीले मालपोत कार्यालय र अदालतमा प्रयोग हुने लिखत लेखेवापत अधिकतम दररेट निर्धारण गरेको छ । समितिका अध्यक्ष तथा रुपन्देही जिल्ला अदालतका न्यायाधीश नरिश्वर भण्डारीको अध्यक्षतामा भैरहवामा बसेको समितिको बैठकले एउटै प्रकारको लिखतका लागि लेखापढी व्यवसायीलाई सेवाग्राहीले तिर्नुपर्ने शुल्कमा एकरुपता ल्याउन अधिकतम दररेट निर्धारण गरेको हो ।