नेपाल वायुसेवा निगमले पुष २७ गते हङकङ उडान गर्ने यात्रुहरूलाई अनिवार्य कोरोना परीक्षण गर्न निर्देशन दिएको छ ।
निगमले शुक्रवार एक सूचना जारी गर्दै उडान समय पूर्वको ४८ घन्टाभित्र अनिवार्य पीसीआर परीक्षण गर्न स्वाव कलेक्सन लिएको हुनुपर्ने बताएको हो ।
त्यसका लागि आइतवार (पुष २६ गते) आरटी/पीसीआर परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु जानुपर्ने बताएको छ ।
त्यसपछि प्रयोगशालामा राहदानी र निगमको हवाई टिकट देखाउनुपर्ने छ ।
त्यसपछि सोमवार (२७ गते) रिपोर्ट लिन जानुपर्ने समेत निगमले जनाएको छ ।&nb...