११ अर्ब ४० करोड चिनियाँ सहयोगको प्रतिबद्धता

चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ। उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

जेठमा मात्रै सवा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ११ अर्ब २९ करोड ४६ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ५४ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विदेशी लगानी प्रतिबद्धतामा कमी

चालु आर्थिक वर्षको भदौ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार भदौ महिनामा चालु आवको दुई महिनामा १४ अर्ब रुपियाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । भदौ महिनामा उद्योग दर्तासँगै प्रतिबद्धता रकममा कमी आएको हो ।

दुई महीनामा साढे १४ अर्ब विदेशी लगानी प्रतिबद्धता

काठमाडौं। चालू आर्थिक वर्ष (आव)को पहिलो दुई महीनामा विदेशी लगानीकर्ताले नेपालमा १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका छन् । चालू आव २०८०/८१ को साउन र भदौमा विदेशी लगानीकर्ताका १११ ओटा योजना स्वीकृत हुँदा नेपालमा उक्त लगानीको प्रतिबद्धता आएको हो ।  उद्योग विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता साउन महीनामा आएको छ । विभागले दुई महीनामा स्वीकृत गरेका योजनाको संख्यामा धेरै फरक नदेखिए पनि लगानी रकममा भने ठूलै अन्तर देखिन्छ । साउन महीनामा कुल ६० ओटा योजना स्वीकृत हुँदा कुल ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । भदौ महीनामा योजना संख्या ५१ ओटा भए पनि लगानी प्रतिबद्धता भने २ अर्ब ७२ करोड २४ लाख रुपैयाँको मात्र आएको छ । नेपालमा आउने विदेशी लगानीकर्ताले उत्पादनमूलक, ऊर्जा, कृषि, पर्यटन, खनिज, सेवा, पूर्वाधार र सूचना तथा प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न पाउँछन् । आठओटा क्षेत्रमा लगानी गर्न पाइने भए पनि लगानीकर्ताको रोजाइको मुख्य क्षेत्र भने सेवामूलक रहेको छ । विगतका वर्षमा जस्तै चालू आवको २ महीनाको प्रवृत्ति हेर्दा लगानीकर्ता सेवामूलक र पर्यटन क्षेत्रमै लगानी गर्न इच्छुक देखिएका छन्, जसले गर्दा साना, मझौला र ठूला उद्योगको वर्गीकरणमध्ये साना उद्योगमा संख्या बढी रहेको विभागको तथ्यांकले देखाएको छ । पहिलो दुई महीनामा स्वीकृत भएका योजनामध्ये पर्यटनमा ५३ र सेवामा ४४ ओटा छन् । यसबाहेक उत्पादनमूलक उद्योगमा ९, पूर्वाधार तथा सूचना प्रविधिमा दुई/दुई र कृषिमा एउटा मात्र योजना स्वीकृत भएको छ । विभागका अनुसार यी योजना सञ्चालनमा आउँदा मुलुकमा ५ हजार ५०२ रोजगारी सृजना हुनेछ ।

साउनमा मात्रै ११ अर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो कर्मचारीतन्त्र तथा ऐन, नियमहरूको कार्यान्वयनमा एकरूपता नभएका लगायतका समस्याका बाबजुद पनि साउन महिनामा मात्रै उद्योग विभागमार्फत ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । स्वीकृत भएका ६० उद्योगबाट ३३ सयलाई रोजगारी अघिल्लो आर्थिक वर्ष २०७९÷८० को साउनमा २ अर्ब ६४ करोड ९० […] The post साउनमा मात्रै ११ अर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिबद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहिलो महिनामै बाह्र अर्बको वैदेशिक लगानी

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा झन्डै १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आव २०८०/८१ को साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । आव २०७८/७९ को साउन महिनामा मात्र दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएका थिए । अघिल्लो वर्षको तुलनामा वैदेशिक लगानी प्रतिबद्धतामा चार गुणाले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।

८ महीनामा ३८ प्रतिशतले घट्यो विदेशी लगानी प्रतिबद्धता, गत वर्षभन्दा १३ अर्ब कम

काठमाडौं । चालू आर्थिक वर्षको ८ महीनामा वैदेशिक लगानीको प्रतिबद्धता ३८ प्रतिशतभन्दा बढीले घटेको छ । उद्योग विभागको तथ्यांक अनुसार गत आवको साउनदेखि फागुनसम्ममा ३३ अर्ब ३३ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा चालू आवको सोही अवधिमा २० अर्ब ५६ करोड रुपैयाँको मात्रै यस्तो प्रतिबद्धता आएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १२ अर्ब ७७ करोड कम अर्थात् ३८.३१ प्रतिशत कम हो ।  चालू आवमा पुसमा धेरै चालू आर्थिक वर्ष (आव)को फागुन मसान्तसम्ममा सबैभन्दा बढी वैदेशिक लगानीको प्रतिबद्धता पुसमा आएको छ । उक्त महीनामा ४ अर्ब ८५ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । सो आवमा सबैभन्दा कम वैदेशिक लगानीको प्रतिबद्धता मंसिरमा आएको छ । सो महीनामा ८० करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाउँछ । चालू आवमा १८३ उद्योगका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको हो ।  गत आवमा असोजमा बढी गत आवमा भने सबैभन्दा धेरै वैदेशिक लगानीको प्रतिबद्धता असोजमा आएको थियो । सो महीनामा ११ अर्ब ९६ करोड ५० लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । सबैभन्दा कम वैदेशिक लगानीको प्रतिबद्धता भने माघमा आएको थियो । उक्त महीनामा ५३ करोड ९५ लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार हालसम्म ८ हजार ९४७ उद्योगका लागि २७ खर्ब ८२ अर्ब रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । यी उद्योगहरूबाट ६ लाख ७० हजार २५५ जनाले रोजगारी पाएको विभागले जानकारी दिएको छ ।  चालू र गत आवको माघ मसान्तसम्मको वैदेशिक लगानीको प्रतिबद्धता   स्रोत : उद्योग विभाग ।

११ अर्ब ४० करोड चिनियाँ सहयोगको प्रतिबद्धता

चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ। उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ।

११ अर्ब ४० करोड चिनियाँ सहयोगको प्रतिबद्धता

चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ। उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ।

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग उपलब्ध गराउने

चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार राजधानीमा सम्पन्न नेपाल&nda