जेठमा मात्रै सवा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ११ अर्ब २९ करोड ४६ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ५४ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

सम्बन्धित सामग्री

विदेशी लगानी प्रतिबद्धतामा कमी

चालु आर्थिक वर्षको भदौ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार भदौ महिनामा चालु आवको दुई महिनामा १४ अर्ब रुपियाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । भदौ महिनामा उद्योग दर्तासँगै प्रतिबद्धता रकममा कमी आएको हो ।

दुई महीनामा साढे १४ अर्ब विदेशी लगानी प्रतिबद्धता

काठमाडौं। चालू आर्थिक वर्ष (आव)को पहिलो दुई महीनामा विदेशी लगानीकर्ताले नेपालमा १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका छन् । चालू आव २०८०/८१ को साउन र भदौमा विदेशी लगानीकर्ताका १११ ओटा योजना स्वीकृत हुँदा नेपालमा उक्त लगानीको प्रतिबद्धता आएको हो ।  उद्योग विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता साउन महीनामा आएको छ । विभागले दुई महीनामा स्वीकृत गरेका योजनाको संख्यामा धेरै फरक नदेखिए पनि लगानी रकममा भने ठूलै अन्तर देखिन्छ । साउन महीनामा कुल ६० ओटा योजना स्वीकृत हुँदा कुल ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । भदौ महीनामा योजना संख्या ५१ ओटा भए पनि लगानी प्रतिबद्धता भने २ अर्ब ७२ करोड २४ लाख रुपैयाँको मात्र आएको छ । नेपालमा आउने विदेशी लगानीकर्ताले उत्पादनमूलक, ऊर्जा, कृषि, पर्यटन, खनिज, सेवा, पूर्वाधार र सूचना तथा प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न पाउँछन् । आठओटा क्षेत्रमा लगानी गर्न पाइने भए पनि लगानीकर्ताको रोजाइको मुख्य क्षेत्र भने सेवामूलक रहेको छ । विगतका वर्षमा जस्तै चालू आवको २ महीनाको प्रवृत्ति हेर्दा लगानीकर्ता सेवामूलक र पर्यटन क्षेत्रमै लगानी गर्न इच्छुक देखिएका छन्, जसले गर्दा साना, मझौला र ठूला उद्योगको वर्गीकरणमध्ये साना उद्योगमा संख्या बढी रहेको विभागको तथ्यांकले देखाएको छ । पहिलो दुई महीनामा स्वीकृत भएका योजनामध्ये पर्यटनमा ५३ र सेवामा ४४ ओटा छन् । यसबाहेक उत्पादनमूलक उद्योगमा ९, पूर्वाधार तथा सूचना प्रविधिमा दुई/दुई र कृषिमा एउटा मात्र योजना स्वीकृत भएको छ । विभागका अनुसार यी योजना सञ्चालनमा आउँदा मुलुकमा ५ हजार ५०२ रोजगारी सृजना हुनेछ ।

८ महीनामा ३८ प्रतिशतले घट्यो विदेशी लगानी प्रतिबद्धता, गत वर्षभन्दा १३ अर्ब कम

काठमाडौं । चालू आर्थिक वर्षको ८ महीनामा वैदेशिक लगानीको प्रतिबद्धता ३८ प्रतिशतभन्दा बढीले घटेको छ । उद्योग विभागको तथ्यांक अनुसार गत आवको साउनदेखि फागुनसम्ममा ३३ अर्ब ३३ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा चालू आवको सोही अवधिमा २० अर्ब ५६ करोड रुपैयाँको मात्रै यस्तो प्रतिबद्धता आएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १२ अर्ब ७७ करोड कम अर्थात् ३८.३१ प्रतिशत कम हो ।  चालू आवमा पुसमा धेरै चालू आर्थिक वर्ष (आव)को फागुन मसान्तसम्ममा सबैभन्दा बढी वैदेशिक लगानीको प्रतिबद्धता पुसमा आएको छ । उक्त महीनामा ४ अर्ब ८५ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । सो आवमा सबैभन्दा कम वैदेशिक लगानीको प्रतिबद्धता मंसिरमा आएको छ । सो महीनामा ८० करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाउँछ । चालू आवमा १८३ उद्योगका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको हो ।  गत आवमा असोजमा बढी गत आवमा भने सबैभन्दा धेरै वैदेशिक लगानीको प्रतिबद्धता असोजमा आएको थियो । सो महीनामा ११ अर्ब ९६ करोड ५० लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । सबैभन्दा कम वैदेशिक लगानीको प्रतिबद्धता भने माघमा आएको थियो । उक्त महीनामा ५३ करोड ९५ लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार हालसम्म ८ हजार ९४७ उद्योगका लागि २७ खर्ब ८२ अर्ब रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । यी उद्योगहरूबाट ६ लाख ७० हजार २५५ जनाले रोजगारी पाएको विभागले जानकारी दिएको छ ।  चालू र गत आवको माघ मसान्तसम्मको वैदेशिक लगानीको प्रतिबद्धता   स्रोत : उद्योग विभाग ।