दुई महीनामा साढे १४ अर्ब विदेशी लगानी प्रतिबद्धता

काठमाडौं। चालू आर्थिक वर्ष (आव)को पहिलो दुई महीनामा विदेशी लगानीकर्ताले नेपालमा १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका छन् । चालू आव २०८०/८१ को साउन र भदौमा विदेशी लगानीकर्ताका १११ ओटा योजना स्वीकृत हुँदा नेपालमा उक्त लगानीको प्रतिबद्धता आएको हो ।  उद्योग विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता साउन महीनामा आएको छ । विभागले दुई महीनामा स्वीकृत गरेका योजनाको संख्यामा धेरै फरक नदेखिए पनि लगानी रकममा भने ठूलै अन्तर देखिन्छ । साउन महीनामा कुल ६० ओटा योजना स्वीकृत हुँदा कुल ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । भदौ महीनामा योजना संख्या ५१ ओटा भए पनि लगानी प्रतिबद्धता भने २ अर्ब ७२ करोड २४ लाख रुपैयाँको मात्र आएको छ । नेपालमा आउने विदेशी लगानीकर्ताले उत्पादनमूलक, ऊर्जा, कृषि, पर्यटन, खनिज, सेवा, पूर्वाधार र सूचना तथा प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न पाउँछन् । आठओटा क्षेत्रमा लगानी गर्न पाइने भए पनि लगानीकर्ताको रोजाइको मुख्य क्षेत्र भने सेवामूलक रहेको छ । विगतका वर्षमा जस्तै चालू आवको २ महीनाको प्रवृत्ति हेर्दा लगानीकर्ता सेवामूलक र पर्यटन क्षेत्रमै लगानी गर्न इच्छुक देखिएका छन्, जसले गर्दा साना, मझौला र ठूला उद्योगको वर्गीकरणमध्ये साना उद्योगमा संख्या बढी रहेको विभागको तथ्यांकले देखाएको छ । पहिलो दुई महीनामा स्वीकृत भएका योजनामध्ये पर्यटनमा ५३ र सेवामा ४४ ओटा छन् । यसबाहेक उत्पादनमूलक उद्योगमा ९, पूर्वाधार तथा सूचना प्रविधिमा दुई/दुई र कृषिमा एउटा मात्र योजना स्वीकृत भएको छ । विभागका अनुसार यी योजना सञ्चालनमा आउँदा मुलुकमा ५ हजार ५०२ रोजगारी सृजना हुनेछ ।

सम्बन्धित सामग्री

आठ महिनामा २९ अर्ब विदेशी लगानी प्रतिबद्धता

चालू आर्थिक वर्षको फागुन महिनामा विदेशी लगानी प्रतिबद्धता बढेको छ । एकै महिनामा विभिन्न देशबाट १२ उद्योग–परियोजनामार्फत ६ अर्ब ४७ करोड रुपैयाँबराबरको लगानी प्रस्ताव आएको हो । यस अवधिमा आठवटा पर्यटन क्षेत्रका,...

६ महिनामा सवा २२ अर्ब विदेशी लगानी प्रतिबद्धता

सरकारले विदेशी लगानी भित्राउन विभिन्न प्रयत्न गर्दै आए पनि अपेक्षित विदेशी लगानी भने आउन सकेको छैन।...

विदेशी लगानी प्रतिबद्धता दोब्बरले बढ्यो

आन्तरिक अर्थतन्त्र सुस्त भइरहेकै अवस्थामा पनि वैदेशिक लगानी प्रतिबद्धता दोब्बरले बढेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा उद्योग विभागमा साढे १६ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जुन...

दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब

मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ।...

आधाले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।विभागका वैदेशि

जेठसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता : मन्त्री खड्का

काठमाण्डाै – परराष्ट्र मन्त्री डा. नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता भएको बताउनुभएको छ ।  आज बुधवार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारका कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता भएको बताउनुभएको हो । उहाँले सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पुर्‍याउन नयाँ विदेशी लगानी तथा प्रविध...

एक वर्षमा दुई सय ४३ उद्योग दर्ता, दुई खर्ब ३९ अर्ब लगानी प्रतिबद्धता

सन् २०२१ मा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा एक खर्ब सात अर्ब बढ्यो  कोभिड महामारीको कहर कम हुँदै गएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । सन् २०२१...

पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार विभिन्न छवटा शीर्षक अन्तर्गत उक्त उद्योग दर्ता भएका छन् ।जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । सो क्षेत्रका ३५ उद्योगमा मात्रै रु १५ अर्ब ९५ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो

आठ महिनामा साढे २५ अर्बभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता प्राप्त

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २५ अर्ब ५१ करोडको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। उक्त लगानी २०७७ साउनदेखि फागुनसम्मको अवधिमा १३३ उद्योगहरुमा आएको हो। यो लगानीबाट ३ हजार ७४० रोजगारी सिर्जना हुने विश्वास गरिएको छ। आर्थिक वर्ष २०७६/७७मा १७३ उद्योगमा २९ अर्ब ६७ करोड वैदैशिक लगागनीको प्रतिबद्धता प्राप्त भएको थियो।

आठ महिनामा साढे २५ अर्बभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता प्राप्त

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २५ अर्ब ५१ करोडको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। उक्त लगानी २०७७ साउनदेखि फागुनसम्मको अवधिमा १३३ उद्योगहरुमा आएको हो। यो लगानीबाट ३ हजार ७४० रोजगारी सिर्जना हुने विश्वास गरिएको छ। आर्थिक वर्ष २०७६/७७मा १७३ उद्योगमा २९ अर्ब ६७ करोड वैदैशिक लगागनीको प्रतिबद्धता प्राप्त भएको थियो।