जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवादमा निर्वाचन आयोगले आगामी साउन ११ गते कार्यकारिणी समितिका सदस्यलाई बोलाएको छ ।
दल एकीकरण हुँदाका बखत सनाखत गरेका कार्यकारिणी समितिका सदस्यलाई आफ्नो परिचय खुल्ने कागजातसहित स्वयम् उपस्थित हुन दुबै पक्षलाई आयोगले आदेश दिएको हो ।
यसअघि आयोगमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका अधिवक्ताहरूले बहस गरेका थिए । अध्यक्ष यादवले आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आयोगमा आधिकारिकताका लागि निवेदन दिएका थिए । यसमा अर्का अध्यक्ष ठाकुरले पनि आफ्नो पक्षमा बहुमत रहेको दावीसहित आय...