निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे महन्थ, आइतबार पेसी

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै महन्थ सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार ठाकुरले बिहीबार नै निर्वाचन आयोगविरुद्ध रिट दर्ता गराएका थिए । यसअघि नै महन्थ ठाकुरले साउन ८ गते हेड काउण्ट रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । तर उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि निर्वाचन आयोगले ज

सम्बन्धित सामग्री

मतपत्र नजलाउन माग गर्दै सर्वोच्चमा रिट, आज पेसी

काठमाडौं : चुनाव सकिएपछि मतपत्र नजलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। मतपत्र जलाउँदा वायु प्रदूषण हुने, संविधानले व्यवस्था गरेको हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको हनन् हुने भन्दै उक्त नियममा भएको व्यवस्था हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो। कानुनशास्त्रका विद्यार्थी ऋतिक यादव र रितेश पन्थीले निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदै सोमबार रिट दायर गरेका हुन्।नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वा

माधव नेपालसहित १४ सांसदविरूद्ध ओलीले दायर गरेको मुद्दा पेसीमा

काठमाडौँ- माधव कुमार नेपालसहित १४ सांसदविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको आज पेसी चढेको छ । नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको मुद्दा आज पेसी चढेको हो । तर सो मुद्दाको सुनवाइ हुने नहुने टुंगो भने लागेको छैन […]

ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं, असोज ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्वमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ । अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ । […]

ओलीको मुद्दामा आज सुनुवाइ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको पेसी सूचीमा उक्त रिट निवेदन न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी तोकिएको छ ।एमाले अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । पार्टीले कारवाही गरेको बारेमा जानकारी गराउँदासमेत सभामु

ओलीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन आज (सोमबार) ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको थियो । तर इजलासले सो रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ […]

निर्वाचन आयोगविरूद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट निवेदन आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा पेसी तोकेको थियो । गत बुधबार एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट […]

सभामुख र निर्वाचन आयोगविरूद्ध एमालेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

नेपाल कम्युनिस्ट पार्टी एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोकेको थियो । तर, इजलासमा उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।गत बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता

निर्वाचन आयोग र सभामुख बिरुद्धको रिट निवेदन प्रधानन्यायाधीशको बेन्चमा

नेपाल कम्युनिस्ट पार्टी एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आइतबार पेसी तोकेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाई हुने भएको हो । बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।रिट निवेदनमा निर्वाचन आयोगले वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन

निर्वाचन आयोग र सभामुखविरुद्ध ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ । एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । रिटमाथि सुनुवाइका लागि न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । ओलीले एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी दर्ता हुनै नसक्ने दाबी गर्नु भएको छ । पार्टी केन्द्रीय कमिटी बैठकले साउन २५ गते...