काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा […]
काठमाण्डौ – भर्खरै सुरु भएको चैतमास, पछिल्लो हप्ताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यस पटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ ।
पछिल्लो हप्ता देशभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पुर्याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएक...
३ चैत, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म नै देशभर मेघ गर्जन, हावाहुरी र चट्याङसहित वर्षा जारी रहने जनाएको छ । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले […]
काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, च
काठमाडौं : स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ। अहिले हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ। मौसम बदली भएर अँध्यारो देखिएको काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। यस्तै देशका विभिन्न भागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।लुम्बिनी प्रदे
हाल भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिवारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरूमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरूमा मेघ गर्जन/चट्याङ/हावाहुरी सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ। महाशाखाले सम्पूर्णला
काठमाडौं : देशभर ५ महिनामा विभिन्न प्राकृतिक विपद्का १ हजार ८ सय ७५ घटना भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०७८ वैशाख १ गतेदेखि असोज १४ गतेसम्म २ सय ६५ पहिरो गएका छन्।१ सय २२ घटना बाढीले घटाएको छ। अविरल वर्षा ३ सय १९ पटक परेको छ। त्यस्तै, १ सय ७१ घटना चट्याङ परेर भएको छ। २० भन्दा बढी सर्पले टोकेका घटना भएका छन्।देशभर ५ महिनामा ७ सय ४० आगलागी भएको छ। डढेलो ६२, हावाहुरी ३४ र जनावरबाट १ सय ४२ घटना भएको प्राधिकरणले
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै ठाउँको मौसम बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने जनाएको छ।स्थानीय वायु, पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको कारण वर्षा हुन लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार मंगलबारदेखि अरब सागरबाट वायु भित्रिएको छ। यसको असर कम्तीमा तीन दिन देखा पर्नेछ। केही दिन कम भएको तुवाँलो पुनः लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो स्थानको बिहान
काठमाडौं। आज पनि देशभरका विभिन्न स्थानमा हावाहुरी चलेको छ। मौसम परिवर्तन भएसँगै केही दिनदेखि निरन्तर हावाहुरी आउने क्रम चलिरहेको छ। शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसँगै असिना पानी परेको थियो। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ, हावाहुरी, असिनासँगै वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
न्युज अफ नेपाल ,काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकासहित देशभर हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज हावाहुरी आउने, चट्याङ र असिना पर्नुका साथै प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी आज पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा हुने […]