काठमाडौं उपत्यकामा बिहानैदेखि हावाहुरी र मेघगर्जनसहित पानी पर्नु सुरु

काठमाडौं : स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ। अहिले हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ। मौसम बदली भएर अँध्यारो देखिएको काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। यस्तै देशका विभिन्न भागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ।लुम्बिनी प्रदे

सम्बन्धित सामग्री

आज पनि हावाहुरीसहित वर्षाको सम्भावना‚ सतर्क रहन आग्रह

काठमाडौं : आज देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित क्षणिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ को तराई र बाँकी प्रदेशका पहाडी केही भेगमा वर्षा हुनेछ। काठमाडौं उपत्यकामा पनि हावाहुरी‚ मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उपत्यकासहित देशका विभिन्न स्थानमा हिजो पनि हावाहुरी, चट्याङ र मेघगर्जनसहित हल्का पानी परेको थियो। मेघगर्जन‚ चट्याङ र हावाहुरीको सम्भावना रहेकाले सतर्...

काठमाडौंमा हावाहुरी र असिनासहित वर्षा

काठमाडौं : काठमाडौं उपत्यकामा एकाएक मौसम बदली भएको छ। अपराह्‍नपछि मौसममा आएको परिवर्तनसँगै उपत्यकाभर हावाहुरी र असिनासहितको पानी परेको छ। अहिले प्री मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा क्षणिक वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमवीद् राजु प्रधानाङ्गका अनुसार...