पाकिस्तानको लाहोरमा बम विस्फोट, २ को मृत्यु

पाकिस्तानको लाहोरमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । लाहोर प्रहरी प्रवक्ता राणा आरिफका अनुसार मोटरसाइकलमा फिट गरिएको टाइम बम विस्फोट भएको हो । स्थानीय लाहोरी गेट क्षेत्रको अनारकली बजारमा सो विस्फोट भएको थियो । मृत्यु हुनेमा एक बच्चा समेत रहेको र मृतकमध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ।   लाहोर प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको बताएको छ ।    

सम्बन्धित सामग्री

पाकिस्तानमा बम विस्फोट: ६ जनाको मृत्यु, १४ जना घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको छ।

काबुलमा आत्मघाती बम विस्फोट, २० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।विदेश मन्त्रालयनजिकै भएको विस्फोटमा अन्य केही घाइते भएका छन्। अधिकारीहरूका अनुसार बम विस्फोट भएको समयमा तालिवान र चिनिया अधिकारीहरूबीच बैठक चलिरहेको थियो।अफगानिस्तानमा चरमपन्थी संगठन इस्लामिक स्टेटले यस्तो आक्रमण गर्दै आएको छ।  इस्लामिक स्टेटले गत वर्ष अफगानिस्तानमा भएका धेरै विस्फोटको जिम्मेवारी लिएको थियो।पछिल्लो आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले नलिएको बीबीसीले जनाएको छ।

कालीकोटमा बम विस्फोट : दुई बालिकाको मृत्यु

काठमाडौँ – कालीकोटमा शनिबार बिहान बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका […]

कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

काठमाडौं । कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएकाे छ । तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा ४ वर्षकी बालिका झरना थापा र ४ वर्षकी सरस्वती राना ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार कोदोबारीमा बम विस्फोट हुँदा थापाको घटनास्थलमै र रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएकाे हाे […]

कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते

१२ कात्तिक, काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए । […]

काबुलको एजुकेसन सेन्टरमा बम विस्फोट, कम्तीमा १९ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा बम विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको लाहौरमा बम विस्फोट, २ जनाको मृत्यु

पाकिस्तानको लाहोरमा बिहीबार बम विस्फोट भएको छ । लाहौरको लाहौरी क्षेत्रमा विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

सोमालियामा आत्मघाती बम विस्फोट, कम्तिमा ८ जनाको मृत्यु

९ मंसिर, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मोगादिशुको केन्द्रमा भएको बम विस्फोट परी कम्तिमा ८ जनाले ज्यान गुमाएको अलजजिराले जनाएको छ । राष्ट्रसंघको सुरक्षामा खटिएको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको अधिकारी र प्रत्यक्षदर्शीले जनाएका छन् । बम विस्फोटलगत्तै आकाशमा धुँवाको मुस्लो उडेको […]

सिरियाको राजधानी दमास्कसमा बम विस्फोट, १३ को मृत्यु

एजेन्सी, ३ कात्तिक। सिरियाको राजधानी दमास्कसस्थित एक सैनिक बसमा बम विस्फोट भएको छ। बम विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको साना न्युज एजेन्सीले लेखेको छ । हाफिज अल असद पुलमा सैनिक बस रहेको बेला दुई विस्फोटक उपकरणहरु विस्फोट भएको जनाइएको छ । दुई विस्फोटपछि, तेश्रो विस्फोटक पदार्थलाई सेनाले निष्क्रीय पारेको थियो । विस्फोटमा १३ […]

पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गर्दै बम विस्फोट

एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रदेशको क्वेटास्थित एक होटलमा चिनियाँ राजदूतलाई लक्षित गर्दै विद्रोहीले बम विस्फोट गरेका छन्। पाकिस्तानमा बढ्दो चिनियाँ प्रभावको विरोधमा विद्रोहीले बम विस्फोट गराएको कतिपय विश्लेषकको बुझाइ छ। विद्रोहीले होटलमा राजदूत नङ रङ रहेको ठहर गरेका थिए, तर त्यसबखत उनी त्यहाँ थिएनन्। कार बम विस्फोटबाट कम्तीमा पाँचजनाको मृत्यु भएको र दर्जनभन्दा बढी घाइते भएको पाकिस्तान प्रहरीको भनाइ छ।