विद्यार्थीलाई चीनबाट प्राप्त झोला र शैक्षिक सामग्री वितरण
गलेश्वर, १५ असोज: म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ स्थित शिख माध्यमिक विद्यालयका विद्यार्थीलाई चीनबाट प्राप्त झोला र शैक्षिक सामग्री वितरण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस
कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य टेक बहादुर विकले बुधबार झण्डै २०० सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। अछाम क्षेत्र नम्बर २ का कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका विकले अछाम कोमलवजार नगरपालिका १० तथा ढकारी गाउँपालिका १ र ८ का ४ वटा बिधालयका गरी १९९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। शिशु सुधार […]
काठमाडौं, ५ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले अत्यन्तै उचाइमा रहेको हिमाली जिल्ला मुगुको रारा नगरपालिकाको महाकाली नमुना माविका १०० जना भन्दाबढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । भदौ ३ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुरु गरेको शैक्षिक सामग्री वितरण अभियानलाई निरन्तरता दिदैँ विद्यार्थी परिषद्ले बुधबार दुर्गम हिमाली जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं […]
काठमाडौं, ८ भाद्र । प्राज्ञिक विद्यार्थी परिषदले रसुवा माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । परिषद् धुन्चेमा रहेको उक्त विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस […]
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।बेलकोटगढी नगरपालिकाको श्री कल्याणिदेवी माध्यामिक विद्यालयका ६० जना, श्री बागेश्वरी प्राथमिक विद्यालयका ५० जना त्यस्तै विदुर नगरपालिकाको आगापुटार स्थित श्री शुलक्षणा माध्यमिक विद्यालयका १०८ जना विद्यार्थी लाभान्वित भएका छन् । त्यस्तै रसुवाको उत्तरगया गाउँपालिका मनिगाउँ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका […]
रौतहटको कटहरिया नगरपालिकाका एक जना युवाले आफ्नो वडाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्कुल ब्याग तथा शैक्षिक सामग्री वितरण गरेका छन् । कटहरिया–८ का युवा हेमकुमार साहले आफ्नाे ३६ औं जन्मदिनको अवसरमा वडाका विद्यालयमा अध्ययनरत ३५० बालबालिकालाई स्कुल ब्याग तथा कपीकलम वितरण गरेका हुन् । उक्त अवसरमा कटहरिया नगर प्रवक्ता चन्दन कुशवाहा,आइटी आर्मीका जिल्ला संयोजक नरेश साह,शिक्षक,विद्यार्थी,अभिभावक र स्थानीयहरूको उपस्थिति रहेको थियो ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दुई हजार ५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । परिषद् विभिन्न १५ वटा जिल्लाका विद्यालयस्तर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।