जन्मदिनको अवसरमा ३५० विद्यार्थीलाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण

रौतहटको कटहरिया नगरपालिकाका एक जना युवाले आफ्नो वडाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्कुल ब्याग तथा शैक्षिक सामग्री वितरण गरेका छन् । कटहरिया–८ का युवा हेमकुमार साहले आफ्नाे ३६ औं जन्मदिनको अवसरमा वडाका विद्यालयमा अध्ययनरत ३५० बालबालिकालाई स्कुल ब्याग तथा कपीकलम वितरण गरेका हुन् । उक्त अवसरमा कटहरिया नगर प्रवक्ता चन्दन कुशवाहा,आइटी आर्मीका जिल्ला संयोजक नरेश साह,शिक्षक,विद्यार्थी,अभिभावक र स्थानीयहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित सामग्री

नेविसंघ नेता विकद्वारा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य टेक बहादुर विकले बुधबार झण्डै २०० सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। अछाम क्षेत्र नम्बर २ का कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका विकले अछाम कोमलवजार नगरपालिका १० तथा ढकारी गाउँपालिका १ र ८ का ४ वटा बिधालयका गरी १९९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। शिशु सुधार […]

मुगुको महाकाली नमुना माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

काठमाडौं, ५ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले अत्यन्तै उचाइमा रहेको हिमाली जिल्ला मुगुको रारा नगरपालिकाको महाकाली नमुना माविका १०० जना भन्दाबढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । भदौ ३ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुरु गरेको शैक्षिक सामग्री वितरण अभियानलाई निरन्तरता दिदैँ विद्यार्थी परिषद्ले बुधबार दुर्गम हिमाली जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं […]

रसुवा माविमा प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, ८ भाद्र । प्राज्ञिक विद्यार्थी परिषदले रसुवा माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । परिषद् धुन्चेमा रहेको उक्त विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस […]

प्राज्ञिक विद्यार्थी परिषद्ले १८ सय विद्यार्थीलाई शैक्षिक सामग्री दिने

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ११ हिमाली जिल्लाका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले कक्षा ११ र १२ मा अध्ययनरत १८ सय १० जना विद्यार्थीहरूलाई ३२ लाख २७ हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गर्न लागेको जानकारी दिएको हाे । परिषद्ले शैक्षिक...

विद्यार्थीलाई मेरो माइक्रोफाइनान्सको सहयोग

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।बेलकोटगढी नगरपालिकाको श्री कल्याणिदेवी माध्यामिक विद्यालयका ६० जना, श्री बागेश्वरी प्राथमिक विद्यालयका ५० जना त्यस्तै विदुर नगरपालिकाको आगापुटार स्थित श्री शुलक्षणा माध्यमिक विद्यालयका १०८ जना विद्यार्थी लाभान्वित भएका छन् । त्यस्तै रसुवाको उत्तरगया गाउँपालिका मनिगाउँ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका […]

प्राज्ञिक विद्यार्थी परिषद्ले शैक्षिक सामग्री वितरण गर्ने

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दुई हजार ५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । परिषद् विभिन्न १५ वटा जिल्लाका विद्यालयस्तर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।