व्यापारयुद्धको लाभ लिँदै भारत

अमेरिका र चीनबीच चलिरहेको व्यापारयुद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रूपमा देखिएको छ । यो अवसरको फाइदा उठाएर भारतले अमेरिका र चीन दुवै मुलुकमा रसायन तथा ग्रेनाइटसहित ३ सय ५० उत्पादन निर्यात गर्न सक्ने वाणिज्य मन्त्रालयको एक अध्ययनले देखाएको छ ।

सम्बन्धित सामग्री

भन्सार कार्यालय वृद्धिको लाभ

भारतले नेपालसँगको सीमावर्ती क्षेत्रमा १९ ओटा ल्यान्ड कस्टम स्टेशन (भन्सार कार्यालय) स्थापना गर्ने तयारी गरेको छ । भारतले नेपालसँगको द्विपक्षीय व्यापार अभिवृद्धि र सुधारका लागि भन्सार कार्यालय थप गर्ने बताइरहँदा नेपालले यस्ता कार्यालयबाट कसरी लाभ लिन सकिन्छ भन्नेबारे सोच्न आवश्यक छ । भारतले नेपालसँगको व्यापार सुदृढीकरणका लागि समन्वय, सहयोग र सहकार्यको सिद्धान्तलाई अघि बढाउँदै कार्यालय थप गर्न थालेको भारतीय गृहमन्त्रीले उल्लेख गरेका छन् ।  भारत नेपालसँग सीमा जोडिएको नजिकको छिमेकी मात्र नभई खुला सिमानाको मुलुक पनि हो । यस्तो अवस्थामा भारतले भन्सार कार्यालय थप गर्नु राम्रो हो । भारतले विशुद्ध आफ्नो लाभका लागि भन्सार कार्यालय थप गर्न लागे पनि यसबाट नेपाली व्यवसायीलाई पनि सहज हुन्छ । थपिने भन्सारमा १० ओटा विहार राज्यमा स्थापना गर्ने भनिएको छ । नेपालको कोशी, मधेश प्रदेशसहित भौगोलिक र भौतिक रूपमा व्यापारको बढी सम्भावना भएका क्षेत्रको सिमाना भारतको विहार राज्यसँग जोडिएको छ । अहिले भारतबाट सामान लिएर गाउने ट्रकहरूमध्ये धेरैजसो रित्तै फर्कने गरेका छन् । के नेपालले यस्ता ट्रकमा सामान राखेर भारत निकासी गर्न सक्दैन ? भारतले नेपालमा आलुप्याजदेखि विभिन्न उपकरण पठाउँछ भने नेपालले पनि केही न केही पठाउन सक्नुपर्ने हो । नेपालमा आवश्यक पर्ने तर आधुनिक उपकरण तत्काल उत्पादन गर्न कठिन हुन्छ भने पनि भारत र नेपालको समान भौगोलिक अवस्था र हावापानीमा उत्पादन हुने कृषि र पशुजन्य उत्पादन एक अर्को देशमा पुग्नु पर्ने हो ।  नेपालमा उत्पादन भएको कृषिबाली भारतमा निकासी हुन सक्छ भन्ने कुरा केही समय अघी नेपालबाट भारतमा गोलभेडा निकासी हुन सकेकोबाट पुष्टि भइसकेको छ । यसले भारतमा आवश्यक पर्ने उत्पादन नेपालमा हुन सक्दा निकासी हुन सक्दो रहेछ भन्ने देखाएको छ । यसबाहेक अलैंची, चिया, अदुवाजस्ता उत्पादन पनि भारत जाने गर्छन् । केही वर्षअघिसम्म नेपालबाट ठूलो मात्रामा गाईबस्तुको घ्यू भारत निकासी हुने गथ्र्यो । तर, पछिल्लो समयमा भारतमा हुने निकासी घट्दो छ । यसको विपरीत आयात हुने वस्तु बढेको बढ्यै छन् । त्यसैले नेपालले भारत र अन्तरराष्ट्रिय बजारमा के कुराको आवश्यकता छ, त्यतातर्फ ध्यान दिन आवश्यक देखिएको छ । यो कुरा सामान्य किसानका लागि कठिन होला तर सरकारी निकाय र ठूला निजीक्षेत्रले सोच्न आवश्यक छ ।

नेपालको परराष्ट्र नीति, भूराजनीति कूटनीति र आर्थिक विकासमा भारत, चीन र अमेरिका

नेपाल बलिया शक्तिशाली राष्ट्र भारत, चीन, अमेरिका, बेलायत आदिको राजनीतिक, सैन्य र रणनीतिक स्वार्थको खेल वा युद्ध मैदान बन्नु हुँदैन। नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भूराजनीतिक स्थितिका कारण विश्वका सबै ठूला शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ। भविष्यमा आर्थिक विकास, स्थायित्व, शान्ति र प्रगतिका लागि यी देशहरूबाट उच्च कूटनीतिक, आर्थिक, बहुपक्षीय र शान्तिपूर्ण सहयोग र लाभ लिन […]

कुलमानले भने–जलविद्युत् आयोजना महँगोमा बनाएर कसैलाई लाभ हुन्न

८ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजना महँगो बनाउने गरी सरकारले नीति बनाउन नहुने बताएका छन् । जलविद्युत् महँगो भएमा भारत र बंगलादेशमा विद्युत् निर्यात हुन नसक्ने उनको तर्क छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाका सम्बन्धमा गरेको […]

बिमस्टेकबाट लाभ

विद्युत् निर्यातबाट धनी हुने सपना देखेको धेरै भए पनि पछिल्लो समय यसका लागि आशाप्रद खबर आइरहेका छन् । भारतले नेपालसँग विद्युत् खरीद गर्ने बाटो खुलेको थियो भने अहिले नेपालमा उत्पादित सबै बिजुली खरीद गर्ने त्यहाँका ऊर्जामन्त्रीले बताएका छन् । यो जलविद्युत् क्षेत्रका लागि निकै उत्साहप्रद खबर हो । सार्क निष्क्रिय भएको अवस्थामा नेपालका लागि बिमस्टेक पनि राम्रो आधार बन्न सक्छ । त्यसो हुँदा यो प्लाटफर्मलाई कसरी उपयोगमा ल्याउन सकिन्छ त्यसमा नेपालले कूटनीतिक चातुर्य देखाउन सक्नुपर्छ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा आबद्ध मुलुकहरूको संयुक्त ऊर्जा बैठकमा भारतीय ऊर्जामन्त्री आरके सिंहले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित सबै बिजुली किन्ने घोषणा गरेका छन् । बैठकले बिमस्टेकमा आबद्ध मुलुकबीचको विद्युत् व्यापार सहजीकरण गर्ने, एकअर्काको प्रसारण प्रणालीलाई जोड्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्नेलगायत १२ बुँदे निर्णय गरेको छ । भर्चुअल बैठकमा बिमस्टेक मुलुकबीच विद्युत् व्यापार गर्न आवश्यक नीति र महसुल दरका लागि प्रणाली बनाउने सहमति भएको छ । साथै, बिमस्टेक मुलुकहरूबीच विद्युत् व्यापारलाई सहज बनाउन विशेषज्ञसहितको समिति बनाउने निर्णय पनि गरिएको छ । त्यस्तै बिमस्टेक मुलुकका प्रसारण लाइनलाई जोड्न ‘बिमस्टेक ग्रीड इन्टरकनेक्शन कोअर्डिनेशन कमिटी’ स्थापना गर्ने सहमति भएको छ । यसले सदस्य राष्ट्रहरूको ग्रीडलाई इन्टरकनेक्शन गर्ने विषयमा गुरुयोजना बनाउनेछ । यसरी ग्रीडलाई जोड्न सकेमा नेपालले भारतलाई मात्र नभई बंगलादेशलगायत अन्य देशलाई बिजुली निर्यात गर्न सक्नेछ । बैठकले ऊर्जा केन्द्र स्थापना गर्न गरेको निर्णय निकै महत्त्वपूर्ण रहेको छ । केन्द्रले ऊर्जासम्बन्धी अनुसन्धान गर्ने तथा सदस्य मुलुकबीच अनुभव आदानप्रदान तथा सहकार्य गर्ने उद्देश्य राखिएको छ । यो केन्द्र सञ्चालनमा आयो भने नेपालले लाभ लिन सक्छ । तर, २०११ मै केन्द्र स्थापना गर्ने सहमति भए पनि अहिलेसम्म त्यो कार्यान्वयन भएको छैन । यसले बिमस्टेकका धेरै निर्णय कार्यान्वयनमा नआउने हो कि भन्ने आशंका पनि उब्जाएको छ । नेपालले दक्षिण एशियाली मुलुकहरूको संगठन सार्कलाई बढी महत्त्व दिएको छ र दिन आवश्यक पनि छ । यसको सचिवालय नेपालमा भएकाले पनि यसको महत्त्व नेपालका लागि बढी छ । तर, भारत र पाकिस्तानबीचको द्वन्द्वले सार्क मृतवत् अवस्थामा छ । भारतले सार्कलाई भन्दा बिमस्टेकलाई बढी महत्त्व दिएको छ । नेपाल विश्वका द्विपक्षीय र बहुपक्षीय यस्ता संघसंस्थाको सदस्य बन्नु आवश्यक छ र त्यसले मुलुकलाई फाइदा गर्छ । नेपालको जलविद्युत्का लागि अवसर प्राप्त हुन्छ भने बिमस्टेकमा पनि सक्रिय बन्नुपर्छ । साना ठूला सबै खाले बहुपक्षीय संस्थाहरूमा नेपाल बस्नुपर्छ र त्यसबाट आर्थिक लाभ लिन पछि पर्नु हुँदैन । जलविद्युत्मा नेपालको सम्भावना दोहनका लागि बिजुलीको बजार आवश्यक हुन्छ । स्वदेशमा खपतका साथै विदेशमा निर्यात गर्न सकिए मात्र जलविद्युत्बाट मनग्य लाभ लिन सकिने हो । अतः बिजुलीको बजारका लागि जेजस्तो अवसर  पाइन्छ त्यसको उपयोग गर्न पछि पर्नु हुँदैन । अहिले बिमस्टेक पनि राम्रो आधार बन्ने देखिन्छ । त्यसो हुँदा यो प्लाटफर्मलाई कसरी उपयोगमा ल्याउन सकिन्छ त्यसमा नेपालले कूटनीतिक चातुर्य देखाउन सक्नुपर्छ । जलविद्युत्का क्षेत्रमा भारतले नेपाललाई आश्वासन धेरै दिएको छ, त्यसको दाँजोमा काम भने निकै कम गरेको छ । उसले गरेको प्रतिबद्धताअनुसार काम भएको भए अहिले नेपाललाई व्यापारघाटाको चिन्ता नै हुँदैन थियो होला । अतः बिमस्टेकको बैठकमा भएका सहमतिलाई कार्यान्वयनमा लैजान नेपालले नै सदस्य राष्ट्रहरूलाई घचघच्याई रहनुपर्छ । बिमस्टेकमा देखिएको सम्भावनालाई कार्यान्वयन गर्न नेपालले सोही खाले प्रयास र समन्वय गर्नुपर्छ । यसका लागि केकस्ता योजना र नीति चाहिने हुन्, त्यसमा लाग्न ढिलाइ हुनु हुँदैन ।

रेलसेवा संशोधनको लाभ लिन ‘फ्री अन बोर्ड’

वीरगञ्ज । नेपाल–भारत रेलसेवा सम्झौता संशोधन भएपछि वैदेशिक व्यापारमा त्यसको लाभ कसरी लिने भन्नेमा व्यवसायी चनाखो हुनुपर्ने देखिएको छ । हालै भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनले भारतीय समुद्री बन्दरगाहबाट रेलवे ढुवानीमा एकाधिकार अन्त्य गरिदिएको छ । यसको लाभ लिन फ्री अन बोर्ड अपनाउन आवश्यक रहेको बताइएको छ । भारतमा रेल ढुवानी सेवा दिइरहेका सबै कम्पनीलाई प्रतिस्पर्धाको बाटो खोले पनि अहिले ढुवानी प्रणालीमा औसत आयातकर्ताले ती सेवाप्रदायकसँग सीधै सेवा लिन सक्दैनन् । विगत २ वर्षदेखि विद्युतीय कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) लागू भएको छ । ईसीटीएस अन्तर्गत वीरगञ्जसम्मकै मूल्य, बीमा र भाडा (सीआईएफ)मा कन्टेनर ढुवानी भइरहेको छ । यो प्रणालीमा सिपर कम्पनी (विक्रेता)ले नै वीरगञ्ज सुक्खा बन्दरगाहसम्म ढुवानीको जिम्मा लिने भएकाले रेलवे सेवामा प्रतस्पर्धाको प्रत्यक्ष लाभ ती कम्पनीहरूलाई जाने देखिएको छ । कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट अधिकांश ढुवानी ईसीटीएसबाटै हुन्छ । रेलसेवा सम्झौता संशोधनअघिसम्म नेपालका लागि रेलवे ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार थियो । अहिलेसम्म पनि कोन्करले लिनेभन्दा सिपिङ कम्पनीले आयातकर्तासित असुल्ने भाडा करीब दोब्बर हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् । टेमानीका अनुसार कोन्करले कोलकाताबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्मको भाडा प्रतिकन्टेनर ५० हजार भारतीय रुपया (भारू) निर्धारण गरेको छ । सिपिङ कम्पनीले आयातकर्तासित ९० हजार भारूसम्म लिने गरेका छन् । ईसीटीएसमा वस्तुको उत्पत्तिदेखि वीरगञ्जसम्म ढुवानीको जिम्मा सिपरले लिएको हुन्छ । कम्पनीले आयातकर्तासित एकमुष्ट रकम लिन्छन् । यो प्रणालीमा सिपिङ कम्पनी, रेलवे सेवा र भारतीय बन्दरगाहमा प्रतिनिधि छनोटमा आयातकर्ताको भूमिका हुँदैन । यस्तो अवस्थामा रेलवे सेवामा प्रतिस्पर्धाको लाभ लिन व्यवसायीले ढुवानीमा फ्रि अन बोर्ड (एफओबी) अपनाउन सक्ने नेपाल फ्रेट फर्वाडर्स एशोसिएशनका उपाध्यक्ष नरेश अग्रवाल बताउँछन् । यो प्रणालीमा विक्रेताले आयातकर्ताले चाहेको स्थान वा बन्दरगाहसम्म ढुवानी दिन्छन् । अहिलेसम्म नेपालका व्यवसायी एफओबीमा उदासीन देखिएको उपाध्यक्ष अग्रवालले बताए । ‘वीरगञ्जसम्मको सीआईएफभन्दा एफोबीमा प्रतिस्पर्धाको बढी लाभ लिन सकिन्छ । तर, यसमा आयातकर्ता त्यति चनाखो देखिएका छैनन्,’ उनले भने । एफओबीमा सिपरको दायित्व सामान्यतः पानीजहाजमा कन्टेर चढाउनेमात्रै हुन्छ । ‘यस्तोमा सिपिङ कम्पनी र रेल सेवाप्रदायक छान्ने अवसर आयातकर्तालाई हुन्छ । यसबाट पारवहन खर्च घटाउन सकिन्छ,’ संयोजक टेमानीले आर्थिक अभियानसित भने । ईसीटीएसअन्तर्गत सीआईएफ वीरगञ्जका लागि आउने कन्टेनरको ढुवानी खर्च सामान्य अवस्थामा पनि ५० प्रतिशतसम्म बढेको आयातकर्ताले बताउँदै आएका छन् । अहिले कोरोना महामारीले कन्टेनर अभाव हुँदा ५ गुणासम्म बढेको आयातकर्ता नवनीत अग्रवाल बताउँछन् । एफओबीमा तेस्रो मुलुकका बन्दरगाहबाट वीरगञ्ज बन्दरगाहसम्म ढुवानीको जिम्मा दिँदा पनि लागत घट्न सक्ने टेमानीको दाबी छ । व्यवसायीले सिपिङ र रेलवे दुवैमा प्रतिस्पर्धी कम्पनी रोज्न सक्छन् । भारतीय बन्दरगाहमा ईसीटीएस प्रणाली लागू भइसेकाले यसमा भारतीय पक्षको चासो नहुने व्यवसायी अग्रवालको दाबी छ । सिपर र रेलवे ढुवानीमा कसरी प्रतिस्पर्धी कम्पनी छान्ने भन्नेमा स्वदेशी व्यवसायी सचेत हुनुपर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजू बताउँछन् । ‘ईसीटीएसले भारतीय बन्दरगाहमा कागजी प्रक्रिया घट्यो । रेलसेवा सम्झौताले ढुवानीमा प्रतिस्पर्धा बढायो । अब यसबाट कसरी लाभ उठाउने भन्ने त व्यवसायीले पनि सोच्नुपर्‍यो नि,’ सैंजूले भने । वैदेशिक व्यापारलाई कसरी प्रतिस्पर्धी बनाउने भन्नेबारेमा स्वदेशी व्यवसायीलाई जागरुक बनाउनुपर्ने सैंजूको बुझाइ छ । रेलसेवा सम्झौता संशोधनपछि कोन्करसहित चारओटा भारतीय कम्पनी सेवा दिन तत्पर देखिएका छन् । ५ वर्षका लागि वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको ठेक्का हात पारेको कम्पनी प्रिस्टाइन भ्याली ड्राइपोर्टको मुख्य भारतीय साझेदार प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सको यसमा बढी रुचि छ । यो कम्पनीले नेपालका लागि आउने कन्टेनर ढुवानीलाई मुख्य व्यावसायिक लक्ष्य बनाएको छ । भारतमा बन्दरगाह र रेलसेवा चलाइरहेको जेएन बक्सी समूह र हिन्द टर्मिनल प्रालिले पनि नेपालको कार्गो ढुवानीमा रुचि बढाएका छन् । भारतमा यस्ता १५ निजी कम्पनीले ढुवानी सेवा दिइरहेका छन् । रेल सेवामा प्रतिस्पर्धा बढिरहँदा व्यवसायीले यसको लाभ लिन सक्नुपर्ने र यसमा मुख्य आयातकर्ताहरूको भूमिका बढी प्रभावकारी हुनसक्ने सुझाव सैंजूको छ ।

अमलाको आर्थिक लाभ

मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै खाना हो । गुणस्तरीय जीवनका लागि तागत वा शक्ति दिने खानेकुराले महत्त्व राख्छ । गहुँ, मकै, कोदो, तीतेफापर, जुनेलो, जौ, सखरखण्ड, तरुल, पिँडालु, गिट्ठा, आलु, चिउरा, साथै विभिन्न फलफूलको आवश्यकता पर्छ । शरीरको तामक्रम र सन्तुलन बनाई राख्न, मांसपेशी बलियो बनाउन, शरीरको मुख्य अंगहरू (मृगौला, मुटु, फोक्सो, मष्तिष्क) लाई निरोगी राख्न एवं विभिन्न समस्या निराकरण गर्न सन्तुलित भोजन नै हुन् । स्वास्थ्य समस्याहरू निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनका लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर बी, रगत राम्रो बनाउने तत्त्व, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्छ । हाम्रो जीवनमा शरीर स्वस्थ राख्नलाई खाद्यपछि फलफूलको आवश्यकता पर्छ । त्यस्ता फलपूmलमध्ये अमला एक हो । तिनै तहको सरकारले अमलाको व्यावसायिक रूपमा विकास गराउन सकेमा वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई देश तथा, गाउँ तथा घरमै रोजगारीको सृजना गरी देशको आर्थिक विकासमा चलायमान गर्न सक्ने सम्भावना छ । अमलाको वानस्पतिक परिवार ‘इयुुफोरवियसी’ अंग्रेजी नाम गुसवेरी, वैज्ञानिक नाम फाइलेन्स इम्बलिका र स्थानीय नाम अमला हो । यसको बोट १० देखि १५ मीटर अग्लो हुने पतझर रूख प्रजाति हो । हिउँदको समयमा सबै पातमा भुइँमा खसेर सुकेको जस्तै देखिए पनि वसन्त ऋतुको आगमनसँगै प्रत्येक वर्ष पातहरू निस्किएर पुनः हराभरा भई ३ देखि ४ वर्षको उमेरदेखि अमला फल्ने गर्छ । अमला सामान्यतया जेठदेखि साउनसम्म फुल्छ । भदौदेखि मङ्सिरसम्म फलिसक्छ । माघसम्म टिप्नलायक हुन्छ । दक्षिण पूर्वएशियामा उद्गमस्थल भएको अमला नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका तथा दक्षिण चीन आदि देशहरूमा समेत फैलिएको पाइन्छ । करीब ६५० प्रजाति भएको फाइलेन्थस जिनसका नेपालमा ११ प्रजाति भेटिन्छन् । अमलामा भाले तथा पोथी दुई प्रकारका फूलहरू फुल्ने गर्छ । भाले तथा पोथी दुवै फूलहरू एउटै बोटमा पाइन्छन् । अमला प्राकृतिक अवस्थामा नेपाको पूर्वदेखि पश्चिमसम्म १५० देखि १४०० मीटर सम्मको उचाइमा पाइन्छ । नेपालमा यो पूर्वभन्दा पश्चिम क्षेत्रमा बढी पाइन्छ । विगत केही वर्षदेखि किसानहरूले विभिन्न किसिमको खाली, पर्ती जग्गा र घरआँगन तथा बगैंचामा समेत यसको खेती गरेको पाइन्छ । अमलाको उपयोग धेरै छ । अमलाको जरा, बोक्रा, फल र फूलहरू विभिन्न रूपमा विभिन्न कामका लागि प्रयोग हुने गर्छ । व्यापारिक प्रयोजनमा फल नै सबैभन्दा बढी प्रयोग हुने गर्छ । अमलाको फलबाट भिटामिन सी प्राप्त हुने हुँदा यो त्रिफला र च्यवनप्राशलगायत विभिन्न आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । अमलाबाट भिटामिन ए पनि प्राप्त हुने कुरा पत्ता लागेको छ । यसको फलबाट आयुर्वेदिक औषधिबाहेक अचार, तितौरा तथा जाम बनाइन्छ । हाल अमलाको आधुनिक प्रयोग स्वास्थ्यवर्धक/यौनवर्धक तथा सौन्दर्यप्रदायक सामग्री, जस्तै : च्यवनप्राश, कपालमा लगाउने तेल, कपाल रंगाउने रङ, सेम्फु, दन्तमञ्जन, मसी र रङलगायत विभिन्न विभिन्न सौन्दर्य प्रदायक क्रिमहरू बनाउने गरिन्छ । अन्य रासायनिक तत्त्वमा माथि भनेजस्तै भिटामिन सी प्रमुख स्रोतका रूपमा रहेको हुन्छ । यसमा हुने रासायनिक तत्त्वमा ट्यानिन, पोलिफेनोल, अल्कोलाइड, पाइलानेम ग्लिमनिन, फाइलानेम बलिसिन ए आदि पाइन्छ । यो बहुउपयोगी अमृतसमान बोट तथा फल हो । यो प्रतिकूल वातावरणमा समेत हुर्कन सक्ने प्रतिरोधी बिरुवा हो । यो सुक्खा तथा उच्च क्षारीय माटो भएको क्षेत्रमा राम्रो हुन्छ । अमला प्राचीन समयमा जंगल तथा खेतबारी वरिपरि पाइने तथा त्यहाँबाट संकलन गरी स्थानीय प्रयोग र व्यापारिक प्रयोग हुने क्षेत्रमा खपत तथा विक्री हुने गथ्र्याे । हाल आएर यसको प्रयोगको क्षेत्र विस्तार भई विभिन्न क्षेत्रमा यसको माग अत्यधिक बढेपछि नेपालका कृषकहरू खेतीविस्तारतिर अग्रसर भएको देखिन्छ । अव्यवस्थित तथा अवैज्ञानिक संकलनका कारण यो प्रजाति क्रमशः घट्दै गइराख्नुका साथै औद्योगिक प्रयोगमा यसको माग बढ्दै गएको कारणले पनि यसको खेती विस्तारतर्फ सम्बद्ध सबैको ध्यान बढिरहेको पाइन्छ । यसको खेती उपयुक्त हावापानी भएका सामुदायिक वन, राष्ट्रिय वन, कबुलियती वन, निजी जग्गा आदिका साथै काम नलाग्ने खाली पर्ती जग्गाहरूमा बढाउनु पर्ने देखिन्छ । यसको बिरुवा बीउ र कलमीबाट उत्पादन गर्न सकिन्छ । मलखादमा राम्ररी पाकेको गाईबस्तुको मल नाइट्रोजन, फस्फोरस, पोटास, बिरुवाको संख्या हेरी जानकार व्यक्तिको निगरानीमा प्रयोग गर्नु राम्रो हुन्छ । यो फल उन्नत जातको बिरुवा रोपी मल तथा उचित स्याहार भएमा ३ देखि ५ वर्षमा फल दिन शुरू गर्छ । १० वर्ष पुगेको बिरुवाले सरदर ५० देखि ६० किलोग्रामसम्म फल उत्पादन गर्छ । यसरी लगाइएका अमलाका बोटहरूबाट प्रतिहेक्टर २ हजार किलोग्रामसम्म फल उत्पादन हुने गर्छ । अमलाको स्थानीय प्रयोगजस्तै काँचै खाने, तितौरा, अचार, जाम बनाउने, शक्तिवर्धक टनिक औषधि बनाउने आदि पनि गरिन्छ । अतः अमला अमृतमय बहुउपयोगी फल तथा बिरुवा हो । नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक वनाबटको आधारमा अमला खेती हाम्रो देशमा सम्भावना धेरै छ । अमला खेतीको सम्भावनालाई योजनाबद्ध तरीकाबाट तिनै तहको सरकारले व्यावसायिक रूपमा विकास गराउन सकेमा वैदेशिक रोजगारीका लागि पलायन हुने युवा शक्तिलाई देश तथा, गाउँ तथा घरमै रोजगारीको सृजना गरी देशको आर्थिक विकासमा चलायमान गर्न सक्ने सम्भावना छ । लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

पारस्परिक लाभ र समान लक्ष्य हासिल गर्न भारत र अफ्रिका हातेमालो गर्दै

केही दशक अघि अफ्रिका मा धेरै चोटी सैनिक कू हुमे गर्थ्यो। तर अहिले को समय मा विभित अफ्रिकी संघ र क्षेत्रीय संगठनहरूले सैन्य कु निरुत्साहित गर्न कोसिस गरिरहेका छन्। तर माली र अरू धेरै अफ्रिकी देशमा भने‌ यो प्रयास विफल भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गरे जस्तै अफ्रिकामा पनि […]