भारत र चीनको विकासबाट लाभ लिन 'दोधारा चाँदनी सुख्खा बन्दरगाह' निर्माण : प्रधानमन्त्री

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताउनुभएको छ ।  आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।  “सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ”, उहाँले भन्नुभयो, “हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्‍याउने विश्वास छ ।” उहाँले सुख्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  प्रधानमन्त्री दाहालले बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिएको समेत बताउनुभयो । उहाँले हालै यसको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सकिएकाले समयमै निर्माण पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो ।  “एमओयूमै भारत सरकारले तीन वर्षमा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले मलाई निकै खुशी लागेको छ”, उहाँले भन्नुभयो, “यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ ।”      दोधारा–चाँदनी नगरपालिका वडा नं १, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको ईआईएमा सुझाव माग गरेको छ ।  प्रस्तावित आयोजनाले वन क्षेत्रको १८९ हेक्टर जग्गा भू–उपयोग परिवर्तन हुने भनि प्रस्ताव गरेको छ । सुख्खा बन्दरगाहमा सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी/खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द तथा प्रशासनिक भवन निर्माण हुनेछन् । जसमा गोदामको क्षेत्रफल आयाततर्फ ७ हजार वर्गमिटर, निर्यातका लागि २ हजार पाँच सय वर्गमिटर, रेल्वे वेयर हाउसका लागि १७ हजार पाँच सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ । उक्त अवसरमा प्रधानमन्त्री दाहालले महाकाली नदीमा निर्माणाधिन चार लेनको पक्की पुलको समेत निरिक्षण गर्नुभएको छ । रासस

सम्बन्धित सामग्री

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डीपीआर तयार

६ मंसिर, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डीपीआर तयार गरेर पठाएको जानकारी दिए । उनका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि रु पाँच अर्ब ७५ करोड लागत […]

'दोधारा चाँदनी मुलुककै ठूलो आर्थिक नाका बन्ने गरी काम हुँदै छ'

कञ्चनपुर : परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभई मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन्। कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा चादँनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए।“भारतीय पक्षले पनि सोही अनुसार भारततर्फ पनि काम अघि बढाएको छ।” मन्त्री साउदले भने “कञ्चनपुर आर्थिक, पर्य

सुख्खा बन्दरगाह सुदूरपश्चिमको सम्भावनाको आधार : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिमको सम्भावनाको आधार भएको बताएका छन् । मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिमको सम्भावनाको आधार हुने बताए ।उनले लामो समयदेखि प्रस्तावित रहेको बन्दरगाह तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शिलान्यास गरेर शिलान्यासमै सिमित रहे पनि

सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री बडू

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउन पहल गरिरहेको बताए । ‘लामो समयदेखि प्रस्ताव […]

दुई ठूला आयोजना :  गफ बढी, काम सुस्त

कञ्चनपुर - २०६२/०६३ सालको जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सार्यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा देशकै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भने दशक नाघिसक्दा पनि सुरुआत हुने तरखर छैन । सुरुमा दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा स्थापना गर्ने योजनासहित काम अघि बढे पनि त्यहाँ स्थानीयले विस्थापित हुने डर र उनीहरुको अवरोधका कारण प्रभावित बन्यो । केन्द्रबाट आउने अनुगमन र उच्चस्तरका पदाधिकारीले स...

दोधारा-चाँदनी सुख्खा बन्दरगाह : सुदूरपश्चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना

काठमाडौं। कञ्चनपुरको दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि प्रक्रिया सुरु भएको छ। तेस्रो मलुकुसँगको व्यापारको ढोका खोल्न दोधारा-चाँदनी तथा एकीकृत चौकीको गुरुयोजनालाई अन्तिम रुप दिने काम भएको छ। इन्टरमोडल यातायात विकास समिति परियोजना कार्यान्वयनको अन्तिम गृहकार्यमा जुटेको छ। यो परियोजना समग्र सुदूरपश्चिम प्रदेशमा विकासको कोशेढुंगा हुने अपेक्षा गरिएको छ। इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेल आएपछि परियोजनाले तीव्रता पाएको हो। यो परियोजना सरकारकै लागतमा निर्मा

दोधारा-चाँदनी सुख्खा बन्दरगाहको गुरूयोजना तयार

सुदूरपश्चिम प्रदेशमा निर्माण हुन लागेको नेपालकै ठूलो सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार भएको छ ।सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माण हुन लागेको दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार भएको हो । यसको निर्माण सम्पन्न भएपछि वीरगञ्जपछि देशकै ठूलो सुख्खा बन्दरगाह हुनेछ । निर्माण सुरू भएको झण्डै ४ वर्ष अर्थात तीन […]

दोधारा-चाँदनी सुख्खा बन्दरगाहको गुरुयोजना तयार, पहिलो फेजको लागत झण्डै ७ अर्ब

७ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने आशा गरिएको दोधारा-चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना तयार भएको छ । तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको परियोजनाको …

दोधारा चाँदनी सुख्खा बन्दरगाहको सकियो गुरुयोजना

सुदुरपश्चिम प्रदेशको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह तथा एकिकृत जाँच चौकीको गुरुयोजना (मास्टर प्लान) सकिएको छ।