'सबैभन्दा ठूलो वाणिज्य बैङ्क बन्यो ग्लोबल आईएमई'

ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठुलो वाणिज्य बैङ्क बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैङ्क देशकै सबैभन्दा ठुलो बैङ्क भएको हो ।

सम्बन्धित सामग्री

मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्थाहरूको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन् । सोमबार ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाडौँको एकीकृत कारोबार सुरु भएको अवसरमा काठमाडौँमा

ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि

काठमाडौं, पुस २५ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार सोमबारदेखि सुरु हुँदै छ । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुन लागेको हो । […]

ग्लोबल आईएमई बैङ्कले ल्यायो ग्राहककै रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा

काठमाडौँ। ग्लोबल आईएमई बैङ्क लिमिटेडले ग्राहकको रोजाइको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । ग्राहककै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था भएको बैङ्कको दाबी छ । यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आईएमई बैङ्कको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ । […]

ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डुबीच मर्जर सम्झौता

काठमाडौँ । ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डुबीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटेल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैङ्क अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। दुवै बैङ्कबिच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो । मर्जरपछि […]

ग्लोबल आईएमई बैङ्कको अत्याधुनिक भवन बन्दै

रत्न नगर । ग्लोबल आईएमई बैङ्क लिमिटेडले ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैङ्कका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे । बैङ्क भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने […]

अर्बको ऋण : लिने फरार, दिने चुपचाप !

लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैङ्कबाट लिएको करिब एक अर्ब ऋण नतिरी फरार भएको हो । अग्रवाल परिवारको नाममा एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेगा बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटाबाट मात्र ८० करोड रुपियाँभन्दा बढीको ऋण छ । अग्रवाल परिवारले त्यसअघि पनि ठूलो परिमाणमा सहकारी तथा व्यक्तिगतसमेत ग...

मदिरा व्यापारीको परिवारै एकाएक सम्पर्कबिहीन

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ। काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन्। अग्रवाल परिवारकै महिला सदस्यले माइतीपरिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन्। अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोड भन्दा बढी ऋणसमेत जोखिममा परेको छ । एभरेष्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, एनआईसी एसिया बैङ्क र ग्लोबल आईएमई बैङ्क...

नेपाल प्रहरी र ग्लोबल आईएमई बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारी

नेपाल प्रहरी र ग्लोबल आईएमई बैङ्क लिमिटेडबीच ‘नेपाल प्रहरी–ग्लोबल आईएमई बैङ्क छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।