स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैङ्कबाट

स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बुधबार त्रिपक्षीय सम्झौता भएको हो । यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैङ्कले स्टार्टअप कर्जा दिने भएको छ ।

सम्बन्धित सामग्री

न्यूरो अस्पताल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेस् अस्पताल, बाँसवारीबीच सम्झौता भएको छ । अस्पतालका कर्मचारीलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा भएको सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार अस्पतालमा कार्यरत तोकिएको सेवाअवधि […]

राष्ट्रिय वाणिज्य बैंकले सामूहिक जमानीमा कर्जा लगानी गर्ने

राष्ट्रिय वाणिज्य बैंकले सामूहिक जमानीमा प्रति व्यक्ति १० लाख रुपैयाँसम्म कर्जा लगानी गर्ने भएको छ ।बैंकले निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गर्दै विभिन्न शीर्षकमा सहुलियतपूर्ण लघु वित्त तथा विपन्न वर्ग कर्जा उपलब्धताको घोषणा गरेको हो । सम्झौता अनुसार वाणिज्य बैंक शैक्षिक प्रमाणपत्र धितो जमानीमा प्रति व्यक्ति ७ लाख रुपैयाँसम्म, धितो जमानीमा प्रति व्यक्ति २० […]

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब नाघ्यो

खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र परीक्षा बोर्डबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्ड बीच पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका छन् ।  उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवा अवधि पूरा गरेका बोर्डका कर्मचारीहरुलाई बोर्डको सिफारिसमा अधिकतम १५ लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर ...

राष्ट्रिय वाणिज्य बैंकले निगमका कर्मचारीलाई बिना धितो कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका हुन् ।सम्झौतासँग्ै निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख […]

आयल निगमका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले विना धितो १५ लाखसम्म कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले नेपाल आयल निगमका कर्मचारीलाई विना धितो १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । आइतबार राजधानीमा एक समारोहका बीच बैंक र निगमबीच यस्तो सहमति भएको हो । सहमति अनुसार बैंकले निगमको सिफारिसमा न्यूनतम २ वर्ष पुरा गरेका निगमका कर्मचारीलाई विना धितो अधिकतम १५ लाख रुपैयाँ सरल कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम प्रदान गरिने बैंकले जनाएको छ । यसका लागि निगमका तर्फबाट कर्मचारीहरुले तलबी खाता राष्ट्रिय वाणिज्य बैंकमा नै खोल्नुप

नेवानिका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सरल कर्जा पाउने

१५ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैँक बीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता भएको निगमले जनाएको छ । सम्झौतामा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत  किरण […]

सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जा सम्बन्धि सम्झौता

टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको देशैभरी जुनसुकै शाखा मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने बताइएको छ ।नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि […]