उमेरका कारण कैद सजाय मिनाहा हुनुपर्ने मागसहित चार्ल्स शोभराजले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
शोभराजका तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कारागार व्यवस्था विभाग लगायतलाई विपक्षी बनाएका छन् ।
कारागार नियमावलीमा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गरी रिहा गर्न सकिने उल्ले...