सुर्खेतको चिंगाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जीसी आफ्ना केही सहयोगीमाझ सिंहदरबारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि उभिइरहनु भएको छ । उहाँ पालिकामा आवश्यक कर्मचारी भर्नाका लागि मन्त्रालय आउनु भएको हो ।‘हामीकहाँ दरबन्दी, कर्मचारीहरु पूरा छैनन् । कर्मचारी भर्नाका लागि सहमति भएको तर कर्मचारी नहुँदा के हो त भनेर बुझौँ भनेर आएको’ उहाँले भन्नुभयो ।चिंगाड गाउँपालिकामा कर्मचारी पठाउन यसअघिकै सरकारले सहमति दिइसकेको थियो । तर, अहिलेसम्म पनि कर्मचारी भर्ना गर्ने काम भने हुन सकेको छैन । कर्मचारी नहुँ...