काठमाण्डौ – तिहार लागेसँगै काठमाण्डौ लगायत देशभरका बजारमा सामान किन्नेको भिड बढेको छ ।तिहार लागेसँगै काठमाण्डौ उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान किन्नेहरुको भिड देखिएको हो । काठमाण्डौको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा मानिसको उल्लेख्य भिड छ ।काठमाण्डौका भित्री गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ । मखमली र सयपत्री फूलले काठमाण्डौका बजार ढाकिएका छन् । बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आकर्षित बनाएको छ ।तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका...