काठमाण्डौ – बबरमहलमा रहेको नेपाल राष्ट्र बैंकको टक्सार विभागमा असर्फी (सिक्का) किन्नेको भिड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि आज मङ्गलवार सुन र चाँदीको असर्फी किन्नेहरूको भिड लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरूको भिड देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिनुभएको छ । उहाँले चाँदीको असर्फी भने पाउने आशा गर्नुभएको छ । हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गर्नुभएका सिनामङ्गलका विजय उ...