काठमाडौं : दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसायमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट सुरक्षा व्यवस्था गर्ने भएकोले सार्वजनिक यातायात सञ्चालन गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।नेकपा प्रचण्ड-माधव समूहले २२ गते गरेको बन्द घोषणाको अघिल्लो दिन साँझ मसाल जुलुस, बिहीबार गरिने आम हडतालप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।कानुनविपरीत शान्ति सुरक्षामा खलल पुगे र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड भए कानुनबमोजिम कार्वाही गरिने मन्त्रालयले साँझ गरीएको विज्ञप्तिमा बताइ