गुल्मी : जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले भदौ १६ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाको बुधबारको अध्यक्षस्तरीय निर्णयअनुसार बिहीबार ऋषि पन्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए।गाउँपालिकाका वडा कार्यालयहरू, संघ संस्था, शिक्षण संस्था र सार्वजनिक संघ संस्था बिहीबार बन्द रहने गाउँपालिकाले जनाएको छ।