बैतडीको दशरथचन्द नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए ।बिहीबार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन् । त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्ने गर्दछ । यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । यसअघि बुधबार पाटन नगरपालिका–२ स्थित महारुद