बागलुङ भकुण्डे गाउँको ‘होम स्टे’, जहाँ पर्यटक रमाउँछन्

बागलुङ : घरबास (होम स्टे) पर्यटकीय गाउँका रूपमा परिचित बागलुङको भकुण्डे गाउँ आन्तरिक पर्यटकको आकर्षण बढेको छ। बागलुङ बजारदेखि तीन घण्टाको पैदल र डेढ घण्टाको सवारीसाधनको यात्रापछि पुग्न सकिने भकुण्डे गाउँमा घरबाससँगै पर्यटकीय ताल, दृश्यावलोकनका लागि बनाइएको भ्यू टावर लगायत संरचनाले समेत आकर्षित गर्ने गरेको छ। जिल्लाकै पहिलो घरबासका रूपमा स्थापना भएको ‘अतिथि सत्कार घरबास’ अहिले भकुण्डे गाउँको ८ घरमा सञ्चालित छ। यो२०७३ सालमा पर्यटन कार्यालय पोखराबाट दर्ता भई आधि

सम्बन्धित सामग्री

होमस्टेमा बाह्य पर्यटक : कोदो टिप्छन्, साग केलाउँछन्

गलकोट (बागलुङ)- यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् ।  यतिबेला घरबास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ । तर भेगनमा...

होमस्टेमा बाह्य पर्यटक : कोदो टिप्छन्, साग केलाउँछन्

गलकोट (बागलुङ)- यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् ।  यतिबेला घरबास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ । तर भेगनमा...

पर्यटकीय गन्तव्य बन्दै ‘भकुण्डे बराहताल’

बागलुङ  : वरपर जंगल र बस्ती। बीचमा छ बराह ताल। शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ।बागलुङ नगरपालिका–१० भकुण्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरीपूर्ण छ। एक हजार तीन सय २६ मिटरको उचाईमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा नजिकको ताल हो।ताल बजारनजिक हुँदै आन्तरिक पर्यटको रोजाईमा परेको छ। दिनप्रति दिन यहाँ घुम्न पुग्नेको संख्या बढिरहेको छ।गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हु

विदेशी पर्यटकको रोजाइ बन्दै घरबास

गलकोट, २८ चैत । बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकसमेत आउन थालेका छन् । हेलिकप्टरमार्फत विदेशी पर्यटक आउने गरेको बागलुङ नगरपालिका–१० भकुण्डे घरबासमा विश्व भेगन अर्गनाइजेशनले पहिलो पटक पदमार्ग हुँदै कोरोना अघिदेखि विदेशी पर्यटक […]

पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ

विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पाहुना लिएर भकुण्डे गाउँ पुगे । उनले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसकेका छन् । पर्यटकलाई भकुण्डे हुँदै बौडैचारबाट बौरसम्मको तीन दिन पैदल यात्राका लागि समेत अध्ययन भइसकेको बताए । “भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, दृश्यावलोकन स्तम्भ, आतिथ्यता र अर्ग्यानिक खानाका कारण विदेशी पर्यटक यहाँ आउन रुचाएपछि मैले दुई चरणसम्म पर्यटक ल्याएँ, कोरोनापछि केही पर्यटक

...अनि बागलुङको भकुण्डेमा पर्यटक बढे

गलकोट -घरबास पर्यटकीय गाउँका रुपमा परिचित बागलुङको भकुण्डे गाउँमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । घरबास बर्खायाममा समेत खाली नभएको घरबास (होमस्टे) सञ्चालक बताउँछन् ।           बागलुङ बजारदेखि सडकमार्ग हुँदै डेढ घण्टामा पुग्न सकिने भकुण्डे गाउँमा घरबाससँगै पर्यटकीय ताल, दृश्...

एक करोड रुपैयाँमा बनेको भ्यू टावर १३ वर्षमै कुरूप

बागलुङ : पर्यटक आकर्षित गर्न जिल्लाका विभिन्न स्थानमा भ्यू टावर निर्माण भएका छन्। तीमध्ये केही मर्मतसम्भार अभावमा जीर्ण अवस्थामा पुगेका छन्।२०७६ सालमा निर्माण सम्पन्न भएको बागलुङ नगरपालिका– १० स्थित भकुण्डे भ्यूटावर जीर्ण अवस्थामा पुगेको छ। दुई स्वागत बोर्ड समेत पल्टिएको छ, करिब एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको भ्यूटावर कुरूप देखिन थालेको छ। भ्यू टावरको चौथो तलामा प्रयोग गरिएको सिसाको केही भाग फुटाइएको विद्युतीय सामग्रीसमेत तेडफोड गरिएको पाइएको छ। विद्युतका केही सा

पर्यटनकको आर्कषण बन्दै होमस्टे गाउँ भकुण्डे

२०६८ साल कात्तिकमा नौ घरदुरीले सुरु गरेको बागलुङको भकुण्डे होमस्टेमा अहिले आन्तरिक तथा बाह्रय पर्यटक बढ्दै गएका छन्। बागलुङ नगरपालिका—१० भकुण्डेमा रहेका होमस्टेमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटकहरुलाई पुग्ने गरेका छन्। गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्रिने यो जिल्लाको एक मात्र होमस्टेको रुपमा रहेको छ। सदरमुकाम बागलुङ बजारबाट पश्चिममा रहेको भकुण्डेलाई पर्यटकीय…