बागलुङ : वरपर जंगल र बस्ती। बीचमा छ बराह ताल। शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ।बागलुङ नगरपालिका–१० भकुण्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरीपूर्ण छ। एक हजार तीन सय २६ मिटरको उचाईमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा नजिकको ताल हो।ताल बजारनजिक हुँदै आन्तरिक पर्यटको रोजाईमा परेको छ। दिनप्रति दिन यहाँ घुम्न पुग्नेको संख्या बढिरहेको छ।गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हु