सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा असोज १ देखि सञ्चालन गर्ने भनिए पनि त्यसका लागि तयारीको काम नभएको पाइएको छ । गत साउनमा काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्ने गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असोज १ बाट द्रुत बस सेवा सञ्चालनमा ल्याइने भन्दै तयारी थालिएको दाबी गरेका थिए ।