काठमाडौँ : दशैँपछि रोकिएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा तिहारपछि पुनः सञ्चालनमा आउने भएको छ।सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्या समाधान गर्दै तिहार बिदा सकिएलगत्तै पुनः सञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा हाल रोकिएको छ। दशैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही वेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको