म्याग्दीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेका छन् । अन्नपूर्ण गाउँपालिका–२ नौलीबगरमा मरेका बङ्गुरको प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दीले जनाएको छ । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले म्याग्दीका केही फार्ममा लिइएको नमूनामा अफ्रिकन स्वाइन फिवर पुष्टि भएको जानकारी दिए । “रोग नियन्त्रणमा नआएसम्म बङ्गुर ओसारपसार गर्न रोकिएको छ,” उनले भने &l