गत चैत्र अन्तिम साता नेपालमा पहिलो पटक बंगुरको महामारी रोग अफ्रिकन स्वाइन फिवर देखा पर्यो । काठमाडौँको मनोहरा क्षेत्रमा पालिएका बंगुरहरु एक्कासी मर्न थालेपछि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा नमूना परीक्षण गर्दा यो रोग पुष्टि भएको हो ।अफ्रिकन मुलुक केन्या उद्गम स्थल भएको यो रोग सन् २०१८ अगस्टमा चीनमा पनि देखिएको थियो । त्यसयता एसियाका विभिन्न मुलुकहरु भियतनाम, लाओस, म्यानमार, भुटान हँुदै २०७७ बैशाखमा भारतमा देखा पर्यो । विगत ५ महिनादेखि अफ्रिकन स्