अफ्रिकन स्वाइन फिवर रोकथाम गर्न नाकामा निगरानी, भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन आवस्यक

सुदूरपश्चिम । सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको सरोकारवालाको बैठकमा यो रोग भित्रिन नदिन सीमानाकामा अवैध पैठारी तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउने निर्णय गरिएको हो । सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा अफ्रिकन स्वाइन फिवर रोग फैलिन सक्ने जोखिम बढेकाले सचेत रहन कृषक तथा व्यावसायिक फार्मलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले अपिल गरेको छ । बैठकमा बङ्गुर तथा बङ्गुरजन्य पदार्थको ढुवानीमा पशु ढुवानी मापदण्ड २०६४ तथा भेटेनरी निरोगिताको प्रमाणपत्रसम्बन्धी प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने, कृषक तथा बङ्गुर व्यवसायीलाई जैविक सुरक्षाको विधि अवलम्बन गर्न उत्प्रेरित गराउने, पशु तथा पशुजन्य सामग्री तथा सवारी साधनको निर्मलीकरण गर्न लगाउने र आवश्यक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी पछिल्ला महिनामा कतिपय फार्मका बाख्रामा ‘टोक्सोप्लाज्मा गोन्डी’ र ‘क्यु फिवर’ नामको (बाख्रा तुहिने) रोगको पुष्टि भएको सन्दर्भमा यो रोगको रोकथामका लागि पनि सरोकारवाला निकाय र कृषकसँग समन्वय गरी सचेनामूलक कार्यगर्ने पनि निर्णय गरिएको छ । गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगर क्षेत्रका कतिपय फार्मको बाख्राको नमूना परीक्षण गर्दा ‘टोक्सोप्लाज्मा गोन्डी र क्यु फिवर’ रोगको पुष्टि भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा हेमराज अवस्थीले जानकारी दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बङ्गुर सुँगुरको व्यवसायमा लागेका किसानको व्यवसायमा प्रतिकूल असर नपुग्ने गरी कडाइका साथ रोगको रोकथामको पहल गर्नुपर्ने बताए । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा अवस्थीले अफ्रिकन स्वाइन फिवर रोग र यसले निम्त्याउन सक्ने समस्या, रोकथाममा लागि गरिएको पहलका बारेमा जानकारी गराएका थिए । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा नरेशप्रसाद जोशीले यो रोगको रोकथामका लागि जैविक सुरक्षा नै प्रभावकारी उपाय रहेको बताए । यो रोगको सङ्क्रमण बढ्दा विगतमा कैलालीको भजनीका एक व्यवसायीको फार्ममा चार सय १५ बङ्गुर मरेका थिए । सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषालुका कारण लाग्ने यो अफ्रिकन स्वाइन फिवर रोगको मृत्युदर उच्च रहेको र छिटो फैलिने गरेको बताइन्छ । नेपालमा पहिलो पटक गत वर्ष जेठ महिनामा यो रोगको पुष्टि भएको थियो । देशभरका २८ जिल्लामा सङ्क्रमण देखिएपछि जैविक सुरक्षाको विधि अवलम्बनसँगै सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसारपसारमा निगरानीका साथै सचेतनाका कार्यक्रम गरिएको थियो । यो रोगको सङ्क्रमण हुँदा सुँगुर, बङ्गुर तथा बँदेलमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, तुहिनेजस्ता लक्षण देखिन्छन् । विश्व पशु स्वास्थ्य सङ्गठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रणसहित जैविक सुरक्षामा विशेष ध्यान पुर्‍याउन सिफारिक गरेको डा. अवस्थीले जानकारी दिए । फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्ममा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडरलगायतका निःसङ्क्रमणका औषधि प्रयोग निःसङ्क्रमण गर्ने, रोगको शंका लागेको पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्ने, मरेका पशुलाई खाडलमा गाड्नेलगायतका उपाय अपनाउन सकिने पशु चिकित्सकको भनाइ छ । रासस  

सम्बन्धित सामग्री

म्याग्दीमा ‘अफ्रिकन स्वाइन फिवर’बाट बङ्गुर मर्न थाले

म्याग्दीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेका छन् । अन्नपूर्ण गाउँपालिका–२ नौलीबगरमा मरेका बङ्गुरको प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दीले जनाएको छ । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले म्याग्दीका केही फार्ममा लिइएको नमूनामा अफ्रिकन स्वाइन फिवर पुष्टि भएको जानकारी दिए । “रोग नियन्त्रणमा नआएसम्म बङ्गुर ओसारपसार गर्न रोकिएको छ,” उनले भने &l

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

काठमाडौँ,१५ कार्तिक । स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए । जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले […]

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

वालिङ। स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए । जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुरमा […]

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

'बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ', उनले भने, 'त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ।'...

स्याङजामा बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

स्याङजाको पुतली बजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याब परीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए । जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुरमा रोग देखा परेपछि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा प्रयोगशालाले उक्त रोग

बङ्गुरमा देखीयाे ‘अफ्रिकन स्वाइन फिवर’

वालिङ– स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए । जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुरमा […]

कसरी रोक्न सकिन्छ अफ्रिकन स्वाइन फिवर ?

गत चैत्र अन्तिम साता नेपालमा पहिलो पटक बंगुरको महामारी रोग अफ्रिकन स्वाइन फिवर  देखा पर्यो । काठमाडौँको मनोहरा क्षेत्रमा पालिएका बंगुरहरु एक्कासी मर्न  थालेपछि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा नमूना परीक्षण गर्दा यो रोग पुष्टि  भएको हो ।अफ्रिकन मुलुक केन्या उद्गम स्थल भएको यो रोग सन् २०१८ अगस्टमा चीनमा पनि देखिएको थियो । त्यसयता एसियाका विभिन्न मुलुकहरु भियतनाम, लाओस, म्यानमार, भुटान हँुदै २०७७ बैशाखमा  भारतमा देखा पर्यो । विगत ५ महिनादेखि अफ्रिकन स्

पनौतीमा ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण

पनौती नगरको पशुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फेला परेको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा देखिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरका विभिन्न स्थान पालिइएका बङ्गुरमा उक्त सङ्क्रमण आजै पुष्टी भएसगै नगरले ओसारपसारकार्यमा निषेध गरेको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीद्वारा जारी अपिलमा हाललाई बङ्गुरको …

पनौतीमा ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण

काभ्रेपलाञ्चोकको पनौती नगरको पशुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फेला परेको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा देखिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरका विभिन्न स्थान पालिइएका बङ्गुरमा उक्त सङ्क्रमण आजै पुष्टी भएसगै नगरले ओसारपसारकार्यमा निषेध गरेको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीद्वारा जारी अपिलमा हाललाई […]

पनौतीमा ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण

काभ्रेपलाञ्चाेक । पनौती नगरको पशुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फेला परेको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रूपमा पालिएको बङ्गुरमा देखिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरका विभिन्न स्थान पालिइएका बङ्गुरमा उक्त सङ्क्रमण आजै पुष्टि भएसगै नगरले ओसारपसार कार्यमा निषेध गरेको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद...