सुदूरपश्चिममा नेपाल पक्षका सांसदको जवाफ : स्पष्टीकरण सोध्ने कमिटी नै अवैध !

२८ जेठ, धनगढी । सुदूरपश्चिममा नेकपा एमालेको माधव नेपाल पक्षका १७ सांसदले आफूहरुलाई स्पष्टीकरण सोध्ने प्रदेश कमिटीका पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठाएका छन् । बिहीबार १७ सांसदले जवाफ पेश गर्दै पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको निर्णय अनुसार नभएकाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाको पद नै अवैध रहेको उल्लेख गरेका छन् । प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले […]

सम्बन्धित सामग्री

रेडक्रसका सभासद्को छुट्टै भेला

काठमाडौं (अस) । रेडक्रसको केन्द्रीय समितिको पूर्वसदस्यसहितको विशेष महाधिवेशनका बहुसंख्यक सभासद्ले छुट्टै भेला आयोजना गरेका छन् । भेलाले रेडक्रसको वर्तमान तदर्थ केन्द्रीय समितिले विधानविपरीत काम गरेको ठहर गरेको छ । केन्द्रीय समितिले आइतबारदेखि काठमाडौंमा आयोजना गरेको विशेष महाधिवेशन अवैध रूपमा गर्न खोजिएको भन्दै विरोध भएपछि विशेष महाधिवेशन स्थगित भएको थियो । आन्दोलनरत सभासद्को भेलापछि गरिएको पत्रकार सम्मेलनमा रेडक्रसका केन्द्रीय पूर्वउपाध्यक्ष सुरेन्द्र सिंह ऐरले आफूहरूले विधान महाधिवेशनलाई नियमित प्रक्रियाका रूपमा स्वीकारे पनि समन्वयबिना तदर्थ समितिको स्वार्थ पूर्तिका लागि विशेष महाधिवेशन डाकिएपछि विरोध गरिएको बताए । भेलाले केन्द्रीय समितिलाई विधानविपरीत विघटन भएका २२ जिल्ला शाखा र २ प्रदेश समिति विघटनको निर्णय खारेज गर्न निर्देशन दिएको ऐरले जानकारी दिए । विशेष साधारणसभासमेत गर्न नसक्ने वर्तमान केन्द्रीय तदर्थ समितिको कानुनी एवं नैतिक औचित्य, वैधानिक हैसियत समाप्त भएको दाबी गर्दै भेलाले तदर्थ समितिप्रति विश्वास नभएको हुँदा  तत्काल राजीनामा गर्न निर्देश गरिएको उनको भनाइ छ । गत असोज २३ गते वार्षिक साधारणसभाको नाममा अधिकांश जिल्ला शाखाको प्रतिनिधिको अनुपस्थितिबिनै  नक्कली प्रतिनिधि खडा गरेर भर्चुअल भेला राखिएको र सहभागी नहुने जिल्लालाई स्पष्टीकरण सोध्ने काम गलत भएकाले त्यसलाई खारेज गर्ने निर्णय गरिएको उनको भनाइ छ । कार्यक्रममा केन्द्रीय पूर्वसदस्य मनोज थापाले जिल्लाले पटक–पटक अधिवेशन गर्न चाहेको अवस्थामा पनि तदर्थ समितिले विधानमा केही परिमार्जन गर्न आवश्यक रहेकाले निर्वाचित हैसियतमा रहने गरी काम गर्नू  भनेर अधिवेशन गर्न नदिएको दाबी गरे ।

उपेन्द्रको स्पष्टीकरणलाई महन्थको चुनौती

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र-बाबुराम समूहको केन्द्रीय कार्यकारिणी समिति बैठकलाई अवैध घोषणा गरेका छन्। अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको आइतवार बसेको कार्यकारी समिति बैठकले अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकले केपी शर्मा ओली नेतृत्वको…

ओलीको पत्र अवैध छ : झलनाथ खनाल

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले तपाईंहरूको समूहका २७ संघीय सांसदलाई स्पष्टीकरण सोध्नुभएको छ । यसमा यसअघि नै पार्टीबाट निलम्बनमा परेका नेता पनि हुनुहुन्छ । स्पष्टीकरण सोध्ने ओलीको पछिल्लो कदमलाई...

ओलीले स्पष्टीकरण सोध्नु हाँस्यास्पद : भीम रावल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसहित पार्टी निर्वाचित नेताहरुलाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी ओली समूहको निर्णय हाँस्यास्पद भएको बताएका छन्।रावलले ओलीले अवैध रुपमा बैठक बसालेर आफूसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भन्दै यो निर्णय आफूले अस्वीकार गर्ने पनि स्पष्ट पारेका हुन्।  गएराति एक ट्वीट गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्द