रेडक्रसका सभासद्को छुट्टै भेला

काठमाडौं (अस) । रेडक्रसको केन्द्रीय समितिको पूर्वसदस्यसहितको विशेष महाधिवेशनका बहुसंख्यक सभासद्ले छुट्टै भेला आयोजना गरेका छन् । भेलाले रेडक्रसको वर्तमान तदर्थ केन्द्रीय समितिले विधानविपरीत काम गरेको ठहर गरेको छ । केन्द्रीय समितिले आइतबारदेखि काठमाडौंमा आयोजना गरेको विशेष महाधिवेशन अवैध रूपमा गर्न खोजिएको भन्दै विरोध भएपछि विशेष महाधिवेशन स्थगित भएको थियो । आन्दोलनरत सभासद्को भेलापछि गरिएको पत्रकार सम्मेलनमा रेडक्रसका केन्द्रीय पूर्वउपाध्यक्ष सुरेन्द्र सिंह ऐरले आफूहरूले विधान महाधिवेशनलाई नियमित प्रक्रियाका रूपमा स्वीकारे पनि समन्वयबिना तदर्थ समितिको स्वार्थ पूर्तिका लागि विशेष महाधिवेशन डाकिएपछि विरोध गरिएको बताए । भेलाले केन्द्रीय समितिलाई विधानविपरीत विघटन भएका २२ जिल्ला शाखा र २ प्रदेश समिति विघटनको निर्णय खारेज गर्न निर्देशन दिएको ऐरले जानकारी दिए । विशेष साधारणसभासमेत गर्न नसक्ने वर्तमान केन्द्रीय तदर्थ समितिको कानुनी एवं नैतिक औचित्य, वैधानिक हैसियत समाप्त भएको दाबी गर्दै भेलाले तदर्थ समितिप्रति विश्वास नभएको हुँदा  तत्काल राजीनामा गर्न निर्देश गरिएको उनको भनाइ छ । गत असोज २३ गते वार्षिक साधारणसभाको नाममा अधिकांश जिल्ला शाखाको प्रतिनिधिको अनुपस्थितिबिनै  नक्कली प्रतिनिधि खडा गरेर भर्चुअल भेला राखिएको र सहभागी नहुने जिल्लालाई स्पष्टीकरण सोध्ने काम गलत भएकाले त्यसलाई खारेज गर्ने निर्णय गरिएको उनको भनाइ छ । कार्यक्रममा केन्द्रीय पूर्वसदस्य मनोज थापाले जिल्लाले पटक–पटक अधिवेशन गर्न चाहेको अवस्थामा पनि तदर्थ समितिले विधानमा केही परिमार्जन गर्न आवश्यक रहेकाले निर्वाचित हैसियतमा रहने गरी काम गर्नू  भनेर अधिवेशन गर्न नदिएको दाबी गरे ।  

सम्बन्धित सामग्री

केन्द्रीयतदर्थ समितिको विरुद्धमा रेडक्रसका सभासद्को छुट्टै भेला

रेडक्रसको पूर्वकेन्द्रीय समिति सहितका रेडक्रसको विशेष महाधिवेशनका सहभागी बहुसंख्यक सभासद्हरूले छुट्टै भेला राखेका छन् । उक्त भेलाले रेडक्रसको वर्तमानतदर्थ केन्द्रीय समितिले विधानविपरीत काम गरेको ठहर गरेको छ ।केन्द्रय समितिले आइतबारदेखि काठमाडौंमा आयोजना गरेको विशेष महाधिवेशन अवैध रुपमा गर्न खोजिएको भन्दै गरिएको विरोधका कारण विशेष महाधिवेशन स्थगित भएको थियो ।आन्दोलनरत सभासदको भेलापश्चात् गरिएको पत्रकार सम्मेलनमा बोल्दै […]