काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेलगत्तै कोटेश्वरस्थित नेपाल निवासमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग अर्का नेता भीम रावलले भेट गरेका छन्। रावल नेता नेपाल पक्षका प्रभावशाली नेता हुन्। प्रधानमन्त्री देउवाले एमाले नेता माधवकुमार नेपालसँग सरकारमा सहभागी हुन आग्रह गरेका छन्।