राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेको फ्रान्स(नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल साल्मन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ। सिंहदरबारस्थित अध्यक्ष तिमल्सिनाको कार्यकक्षमा बिहीबार भएको भेटमा नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्याएको योगदानको उनले प्रशंसा गरे।भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए। दुई देशबीचको सम्बन्ध