प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट

काठमाडौँ,१३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । यादवसँग पनि […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री र स्वीट्जरल्याण्डकी राजदूतबीच भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूत एचई दनाइली म्युवलीबीच शिष्टाचार भेट भएको छ।राजदूत म्युवली प्रधानमन्त्रीलाई भेट्न उनको निवास बालुवाटार पुगेकी हुन्।भेटमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री दाहालसँग माधव नेपाल र उपेन्द्र यादवको भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ।आइतबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग दुई शीर्ष नेताहरुले भेट गरेका हुन्। भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेको प्रधानमन्त्री दाहालले भेटमा दुई राजनीतिक दलहरु सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए।उनले छलफलमा विश्वास

प्रधानमन्त्री प्रचण्डसँग महेश बस्नेतकाे भेट

काठमाण्डाै – नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएकाे छ । आज बुधवार बेलुकी एमाले नेता बस्नेतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएकाे हाे ।  बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा सफल कार्यकालकाे कामना पनि गर्नुभएकाे छ । उहाँले विगतको कमजोरीको समीक्षा गरेर वाम दलहरूबीच एकता र सहकार्य गर्दै 'सुखी नेपाली समृद्ध नेपाल' निर्माणको अभियानमा अघि बढ्न सफलता मिलाेस् भन्ने कामना पनि गर्नुभएकाे छ ।

प्रधानमन्त्री देउवासँग लुको भेट

१३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हतिर देउवासँग उनले भेटवार्ता गरेका हुन। लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन् । ट्वीरमार्फत […]

प्रधानमन्त्री देउवा र अमेरिकी सांसदको टोलीबीच भेट

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरूको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो । सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट् मन्त्रालयले जनाएको […]

फ्रान्सेली प्रतिनिधि सभाका सदस्यहरुकाे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ।...

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट !

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । आज बेलुका बालुवाटार पुगेर सुमारले प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको हो ।भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनासहित नेपाल र अमेरिकाबीचको सहयोगबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।यसअघि आज बिहान सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जा मन्त्री पम्फा भुसालसँग भेट गर्नुभएको थियो । भेटमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र ...

प्रधानमन्त्री र अमेरिकी राजदूत बेरी भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट गर्न राजदूत बेरी बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमा पुगेका थिए । ट्वीटरमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने बेरीले उल्लेख गरेका छन् ।

कोटेश्वरमा नेपाल र रावलबीच भेट

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेलगत्तै कोटेश्वरस्थित नेपाल निवासमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग अर्का नेता भीम रावलले भेट गरेका छन्। रावल नेता नेपाल पक्षका प्रभावशाली नेता हुन्। प्रधानमन्त्री देउवाले एमाले नेता माधवकुमार नेपालसँग सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीसँग जापानी राजदूतको बिदाई भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालाका लागि जापानाी राजदूत मासामिची साइगोले विदाई भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत साइगोले प्रधानमन्त्री ओलीसँग विदाई भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोको कार्यकाल सफल रहेको उल्लेख गर्दै नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सुदृढ बनाउन खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।प्रधानमन्त्री ओलीले साइगोकोका कार्यकालमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रममार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन भूमिका ख